• काेसिस न्यूज
  • सुचना माग्दा सुचना हाेइन,धम्की आउँछ


    रामेछाप – रामेछापका कतिपय कार्यलयहरुमा सुचना माग्दा सुचना दिन आलटाल गर्ने र सुचना मागेपछि धम्की खेप्नु परेकाे छ । मंगलबार राष्ट्रिय सुचना दिवसमा आयाेजित सराेकारवालाहरुसँगकाे अन्तरक्रिया कार्यक्रम सहभागीहरुले यस्ताे गुनासाे गरेका हुन् ।

    सुचनाको हकका बिषयमा रामेछाप जिल्लाका सरकारी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागिहरुले यहाँका सरकारी तथा सार्वजनिक निकायहरुबाट सूचना पाउन निकै कठिन हुने गरेको र सुचना माग्दा कहिलेकाही धम्की समेत खेप्नु परेकाे बताए ।

    सूचनाको हकका लागि राष्ट्रिय महासंघको समन्वयमा जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको सूचनाको हक सम्बन्धि कार्यक्रममा बोल्दै सरोकारवालाहरुले कतिपय कार्यालयहरुबाट सूचना माग्दा धम्कि समेत खेप्नु परेको बताए ।

    जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलले जिल्लाका आधा भन्दा बढी सरकारी कार्यालयहरुले हरेक ३ -३ महिनामा सार्वजनिक गर्नै पर्ने सूचना समेत प्रकाशन नगरेको बताउनु भयो ।

    सरकारी कार्यालयका कार्यालय प्रमुख, पत्रकार, सूचना अधिकारीहरु र सरोकारवालाहरुकाे सहभागितामा भएको कार्यक्रमका सहभागिहरुले सूचना माग गरिएका अधिकांश कार्यालयहरुले सूचना उपलब्ध नगराउने गरेको गुनासो गरेका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले पुन: गुनासाे नआउने गरि नागरिकले मागेका र सार्वजनिक गर्नपर्ने सवै सूचनाहरु उपलब्ध गराउनका लागि कार्यलय प्रमुखहरु निर्देशन दिनुभयाे ।

    कार्यक्रममा पत्रकार तथा सूचनाको हक सम्बन्धि अभियानका अभियान्ताहरुले शुशासन र भ्रष्टाचारको न्यूनिकरणको लागि सूचनाको हक महत्वपूर्ण भएकाले यसको कार्यान्वयनको लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस