तामाकोशीमा बाढीजन्य जोखिम उद्धार अभ्यास

रामेछाप – तामाकोशीमा ठुलो बाढी आउदा मन्थली २ करमबोटको एउटा घर बगाउछ । उक्त घरमा रहेका ५ बाढी सगै बग्छन् । बाढीले बगाएको घर अनि मानिसलाई रामेछाप विमानस्थल भन्दा तल पुगेपछि बल्ल उद्धार हुन्छ । त्यस बेला सम्म २ जनाको ज्यान गइसकेको हुन्छ । अरु ३ जनाको घाईते अवस्थामा उद्धार गरेर उपचार गराईन्छ ।
यो बास्तविक घटना हैन । जिल्ला विपद व्यवस्थापन समिति रामेछापले तामाकोशी नदी तटिय क्षेत्रमा हुन सक्ने बाढीजन्य जोखिमको उद्धारका लागि मंगलबार जिल्ला विपद व्यवस्थापन समितिले गरेको उद्धार नमुना कार्य हो ।
समितिको आयोजनामा भएको उक्त नमुना उद्धार कार्यमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्वास्थ्यकर्मी परिचालन गरीएका थिए । सुरक्षाकर्मी लगाएत एम्बुलेन्स र शव वहान तैनाथि अवस्थामा थिए । उद्धारका लागि विभिन्न सामाग्रि र औषधिको व्यवस्था गरीएको थियो ।
कार्यक्रममा तामाकोशीमा बग्दै गरेको घर र मानिसलाई नेपाली सेना र सशस्त्र प्रहरी वलका तालिम प्राप्त उद्धारकर्मीले उद्धार गरेका थिए । उद्धार गरीएका घाईतेलाई नेपाल रेडक्रसका स्वयंसेवक र स्वास्थ्यकर्मीहरुले प्राथमिक उपचार गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख प्रेमवहादुर थापाले विपदका हिसावले उच्च जोखिममा परेकाको उद्धार र उपचारका लागि स्थानीय सरकारले जनशक्ति र सामाग्री तैनाथि अवस्थामा राख्नु पर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडिले विपद व्यवस्थापनका लागि लागि स्थानीय सरकारले यस प्रकारका तालिम, उद्धार र सामाग्रीको व्यवस्था गरीराख्ने, जोखिम क्षेत्रका पहिचान गर्ने, जोखिमजन्य अवस्थामा रहेका वस्ती स्थानानन्तरण गर्ने लगाएतका कार्यमा वेलैमानै योजना वनाएर कार्यक्रम कार्यान्वयनमा ल्याउनु पर्ने वताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस