बृद्ध वृद्धालाई सम्मान

रामेछाप । मन्थली नगरपालिका २ नम्बर वडा कार्यालयले विहिबार बडाबासी वृद्ध वृद्धालाई सम्मान गरेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा १ सय ७ जना वृद्धवृद्धलाई दोसल्ला ओगाएर सम्मान गर्नुका साथै गुजारा सहज वनाउनका लागि दैनिक प्रयोगमा आउने सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।
मन्थली नगर प्रमुख लब श्रेष्ठ र वडा अध्यक्ष सुरेन्द्र कार्कीले बृद्धबृद्धालाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे । उनिहरुले नगरपालिकाको निर्वाचनका लागि गरिएको प्रतिवद्धता बमोजिम वृद्धवृद्धाहरुलाई सम्मान गरीएको वताए ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस