वितरण गर्ने खानेपानी दुषित भेटिएन
रामेछाप । मन्थली खानेपानी उपभोक्ता तथा सररफाई उपभोक्ता समितिबाट वितरण भएको खानेपानी खान योग्य रहेकोे पाइएको छ । यस अघि उपभोक्ताहरुले समितिबाट फोहोर र दुषित पानी वितरण हुने गरेको गुनासो सामाजिक संजाल मार्फत गरेपछि समितिबाट वितरण हुदै आएको खानेपानी परिक्षण गराइएको हो ।
मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडिको अग्रसरतामा वितरण प्रणालीको अनुगमनका साथै पानी परिक्षणका लागि पठाइएको थियो । खानेपानी तथा ढल व्यवस्थापन विभागको प्रयोगशालामा गरिएको परिक्षणमा खानेपानी खान मिल्ने देखिएको हो ।
परिक्षण प्रतिवेदन जिल्ला प्रशासन कार्यालय रामेछापमा आईपुगेको छ । प्रतिवेदनले खानेपानीमा क्लोरिनको मात्रा नदेखिएकोले क्लोरिन हाल्ने व्यवस्थाका लागि सुझाव दिइएको छ । समितिका व्यवस्थापक जगदीश सुवेदीले उपभोक्तालाई वितरण गर्ने पानीमा हरेक दिन क्लोरिन हाल्ने व्यवस्था मिलाइने वताए ।
प्रतिवेदनले भलुवाजोर खोलाबाट आएको पानीमा किटाणु समेत देखिएको उल्लेख गरेको छ । तर उक्त किटाणु देखिएको पानी ट्रिटमेण्ट पोखरी हुदै धारामा पुग्दा शुद्ध पाइएको प्रतिवेदनले औल्याएको छ । परिक्षणका लागि मुलबाट आउदा आउदै, पहिलो ट्रिटमेण्ट पोखरी, दोश्रो ट्रिटमेन्ट पोखरी र वितरणका लागि झर्ने धाराको पानी बेग्लाबेग्लै पठाइएको थियो ।
समितिले भलुवाजोर खोलाको पानी पहिले ट्रिटमेण्ट गरेपछि मात्र वितरण गर्दै आएको छ । ट्रिटमेण्ट पोखरीमा भने केहि लेउ र फोहोर देखिएको पाइएको छ । फोहोर आउछ नै भनेर योजनामा ट्रिटमेन्ट पोखरीको निर्माण गरीएको र त्यसले काम गरेको प्रमाणित समेत भएको समितिले जनाएको छ ।
यसैविच निर्माण पश्चात पहिलो पटक ट्रिटमेन्ट पोखरीको बालुवा र गिट्टी निकालेर धुन थालिएको छ । पानीमा आएका फोहार जम्मा हुने उक्त पोखरीका बालुवा र गिट्टी धुनुका साथै पोखरी समेत सुधार गर्ने गरी काम थालिएको समितिका सचिव ढाकलवहादुर थापाले वताए । थापाका अनुसार केहि दिन भित्रै उक्त कार्य सम्पन्न गर्ने गरी तिव्रता दिइएको छ ।
जिल्ला सदरमुकाम क्षेत्रका झण्डै १ हजार घर परिवारमा समितिले खानेपानी वितरण गर्दै आएको छ । भलुवाखोला, मचवारी खोलाको सतहि मुलका अतिरीक्त तामाकोशी नदी किनारको भुमिगत इनारको पानी तानेर उपभोक्ताको धारामा पु¥याउदै आएको समितिले अव हरेक महिना खानेपानी संरचनामा नियमित मर्मत सुधारको कार्ययोजना वनाएर काम गर्ने जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- २ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ३ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ४ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ५ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ६ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ७ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ८ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते















प्रतिक्रिया दिनुहोस