काँग्रेस माओवादीलाई कुचो लगाउदै खाँडादेविमा एमाले
रामेछाप । प्रतिस्पर्धामा रहेका गठवन्धनका उम्मेदवारलाई भारी मतान्तरले पछाडि छोडेर रामेछापको खाँडादेवि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मदेवारहरु विजयी भएका छन् ।
शुक्रबार विहान सम्पन्न मतगणनाको नजिजा सार्वजनिक गर्दै निर्वाचन अधिकृतको कार्यालय खाँडादेविले नेकपा एमालेका उम्मदेवार ज्ञानकुमार श्रेष्ठ गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरेको हो । श्रेष्ठले ७ हजार ३ सय ५९ मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रतिस्पर्धि नेपाली काँग्रेसका नबराज थोकरले ४ हजार ९ सय ९ मत प्राप्त गरेका थिए । थोकर माओवादी गठवन्धनका उम्मेदवार हुन ।
त्यसैगरी उपाध्यक्षमा एमालेकी रमा घिसिङ ७ हजार ४ सय ५८ मत ल्याएर विजयी भएकी छिन् । उनको प्रतिस्पर्धि माओवादी केन्द्रका मानवहादुर लामाले ४ हजार १ सय ११ मत प्राप्त गरेका थिए । काँग्रेसको गठवन्धनबाट लामा प्रतिस्पर्धा गर्दा पनि नराम्रो सँग पछारिएका हुन ।
गाउँपालिकाको अध्यक्षमा निर्वाचित श्रेष्ठ २०५४ सालमा साविकको भिरपानी गाविसमा अध्यक्ष निर्वाचित भएर ५ बर्ष काम गरेका अनुभवि युवा हुन । पार्टी भित्र जिल्ला र प्रदेश तहको राजनीतिक पदमा रहेर काम गरेका श्रेष्ठ सँग बाग्मती प्रदेश सरकारको योजना आयोगको सदस्य केहि अवधि काम गरेको अनुभव रहेको छ ।
एमालेले खाँडादेविका ९ मध्ये ७ वटा वडाका सवै प्रतिनिधिलाई विजयी गराएको छ । काँग्रेसले वडा नम्बर ६ र माओवादी केन्द्रले वडा नम्बर १ को वडा बाहेक अन्यत्र विजय पाउन सकेनन् । अघील्लो निर्वाचनमा काँग्रेसले वडा नम्बर २ मझुवा जितेको थियो भने यो पटक वडा नम्बर ६ माकादुम जितेको छ । मझुवामा एमालेले काँग्रेसलाई पाखा लगाएको छ । माओवादी केन्द्रले राकाथुमामा बर्चश्व जोगाएपनि वडा नम्बर ७ खाँडादेवि बचाउन सकेन । खाँडादेवि एमालले खोस्यो ।
बैशाख ३० गते राकाथुम मतदान केन्द्रमा भएको झडपले रोकिएको मतदान कार्य जेठ २ गते भएकाले खाँडादेविको मतगणना पछि परेको थियो । यो सगैं रामेछापका सम्पूर्ण स्थानीय तहको मतगणना कार्य सकिएको छ ।
जिल्लामा सबैभन्दा ठुलो दल नेपाली काँग्रेस भएको छ । काँग्रेसले ३ वटा पालिका प्रमुख ४ उप प्रमुख र २४ वटा वडा जितेको छ । दोश्रोमा एमाले रहेको छ । एमालेले ३ प्रमुख ३ उप प्रमुख र २४ वटा वडामा विजयी हासिल गरेको छ । माओवादी केन्द्रले २ प्रमुख , १ उप प्रमु्ख र १५ वटा वडामा विजय हासिल गरेको छ । एकिकृत समाजवादीले एक वडा अध्यक्षमा चित्त वुझाउनु परेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ जिल्ला अस्पताल रामेछापमा एकै दिन १ सय ४५ ले लिए विशेषज्ञ सेवा
- २ विधि प्रकृया र प्रचलित कानुन बमोजिम काम गर्छाै : प्रजिअ पाैडेल
- ३ प्याब्सन रामेछापको अध्यक्षमा पुनः तिमल्सिना
- ४ रुद्राक्ष समाजद्वारा शैक्षिक सामग्री वितरण
- ५ लोकतान्त्रिक खेलकुद संघ रामेछापकाे अध्यक्षमा पाैडेल
- ६ टिफरबाट खसेर घाइते युवककाे मृत्यु
- ७ मानवीय रिपोर्टिङ सम्बन्धि तालिम
- ८ स्वर्गीय राजनारायणकाे स्मरणमा स्मृति ग्रन्थ
प्रतिक्रिया दिनुहोस