एमालेको गढ भत्काउदै लिखु तामाकोशीमा काँग्रेस विजयी
रामेछाप । अघील्लो निर्वाचनमा काँग्रेसलाई झण्डै क्लिनस्वीप पारेको लिखु तामाकोशी गाउँपालिकाको एमाले गढ भत्काउदै नेपाली कॉग्रेसका केशव महत विजयी भएका छन् । महतले एमालेका कमल प्रसाद कडरीयालाई पछारेका हुन ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार महतले ५ हजार १ सय १२ मत प्राप्त गरी विजय हुदा उनका निकटतम प्रतिस्पर्धि कमल प्रसाद कडरीयाले ४ हजार ८ मत प्राप्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष महत अघिल्लो निर्वाचनमा वडा नम्बर ४ को वडा अध्यक्षमा पराजित भएका थिए । सालिन र भद्र स्वभावका युवा महतले गाउंपालिकालाईे विकास हेर्न अरु आउने बनाउने दावि गर्दै आएका छन् । भ्रष्टाचारमा लिप्त भएको आरोप प्रत्यारोपमा जनप्रतिनिधि लाग्दा रामेछापको लिखु तामाकोशी गाउँपालिकाले अरु पालिकाको तुलनामा काम गर्न सकेको छैन् । अझै पनि पालिकाका दर्जनौ मुद्धा र करोडौंको बेरुजु यथावतै छन् । महतले विजय पछिको सभामा गाउँपालिकालाई भ्रष्टाचार हुन नदिने पालिकाको रुपमा दुनियाँलाई देखाउने दावि गरेका छन् । राजनीतिलाई मुख्य पेशा वनाउदै अघी बढेका महत यस अघि काँग्रेसको विभिन्न तहमा रहेर काम गरेका अनुभवि र सुझवुझ राख्ने युवा हुन ।
उपाध्यक्षमा भने नेकपा एमालेकी दिपा पाख्रिन विजयी भएकी छिन् । पाख्रिन ४ हजार १ सय २६ मत प्रँप्त गरी विजयी भएकी हुन । उनकी प्रतिस्पर्धि नेपाली कॉग्रेसकी सरस्वति खड्का गुरुङले ३ हजार ९ सय ३३ मत प्राप्त गरेकी थिईन । उपाध्यक्ष पदमा विजयी पाख्रिन जिल्ला समन्वय समिति रामेछापकी उप प्रमुख थिईन । उप प्रमुख पदबाट राजिनामा गरेर गाउ‘पालिकाको उपाध्यक्ष लडेकी हुन । जिल्ला समन्वय समितिमा रहेर काम गर्दा उनको सालिन छवि र उच्च राजनीतिक संस्कारले सवैको मन जितेको थियो । राजनीतिक परिवारमा हुर्के बढेकी पाख्रिनको पनि गाउँपालिकालाई भ्रष्टाचारमुक्त वनाई नमुना काम गरेर देखाउने अठोट छ ।
७ वटा वडा रहेको लिखु तामाकोशी गाउपालिकामा अघील्लो निर्वाचनमा १ वडा अध्यक्ष र १ जना वडा सदस्य बाहेक सवै ३५ सिट एमालेले विजयी हासिल गरेको थियो । पहिले देखिनै ंएमालेको वर्चश्व रहेको उक्त पालिकामा कॉग्रेसले ३० बर्ष पछि सफलता हात लाएको हो । एमालेको किल्ला भनेर चिनिएको नागदह र यसअघी महत हारेको वडामा प्यानल सहित कॉग्रेसलाई सफलता दिलाउनका लागि गाउ‘पालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्का लगाएतको बल छ । खड्का यस अघि एमालेबाट गाउपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । पालिकामा निर्वाचित एमालेकै नेताले हालेको उजुरी माथि छानविन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा चलाएका कारण निलम्बित हुन पुगेपछि खड्काले आफ्नी पत्निलाई कॉग्रेसबाट उपाध्यक्षको उम्मेदवार वनाएका थिए । काँग्रेसको सभामा गोबिन्द क्रेज देखिएपनि झिनो मतले उनकी पत्नि पराजित भएकी थिईन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस