• काेसिस न्यूज
  • किल्ला सावित गर्दै दोरम्बामा दोहोरीयो माओवादी


    रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकालाई आफ्नो किल्ला सावित गर्दै दोरम्बा शैलुङ गाउ‘पालिकाको अध्यक्षमा माओवादी केन्द्रका मैनकुमार मोक्तान निर्वाचित भएका छन् । मोक्ताले एमालेका टंकप्रसाद चौलागाईलाई पराजित गरी विजय भएका हुन ।
    बुधबार सम्पन्न भएको मतगणना अनुसार मोक्तानले ६ हजार २ सय ७० मत प्राप्त गरी विजय भएका हुन । उनका प्रतिस्पर्धि एमालेका टंकप्रसाद चौलागाईले ६ हजार १ सय ५० मत प्राप्त गरेका थिए ।
    उपाध्यक्ष्ँमा नेपाली कॉग्रेसकी खमला थापामगर ६ हजार ७ सय ८१ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धि एमालेकी मुना कडेल थापाले ५ हजार ३ सय १० मत पाएकी थिईन । माओवादी केन्द्र र नेपाली कॉग्रेसले गठवन्धन गरी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सफल भएका हुन ।
    यस अघि पालिकाको अध्यक्ष र उपाध्यक्ष सहित अधिकांश पदमा आफ्ना उम्मेदवारलाई विजयी गराएको माओवादी केन्द्रले यो पटक २ वटा वडा र उपाध्यक्ष कांग्रेसलाई दिएर निर्वाचनमा होमिएको थियो । गठवन्धन गर्दा पनि एमालेले २ वटा वडामा निर्वाचन जितेको छ ।
    गाउंपालिकामा निर्वाचिन मोक्तान माओवादीको भूमिगतकाल देखिका संघर्षशिल योद्धा हुन । माओवादी केन्द्रमा उनले पार्टी राजनीति र जनसेना दुवै तर्फ रहेर भूमिगत अवस्थामा संगठन गरेका थिए । रामेछापको लखनपुर घर भएका मोक्तानले माओवादी रामेछापका जिल्ला ईन्चार्ज, अध्यक्ष, सचिव लगाएतका पदमा रहेर काम गरीसकेका छन् । अघील्लो प्रतिनिधिसभा निर्वाचनमा टिकटको दावि गरेपनि नएिपछि मोक्तानले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । अन्तिम समयमा आएर पार्टी दवाव थेग्न नसकेपछि उम्मेदवारी फिर्ता लिएर फेरी माओवादीलाईनै जिताउन लागि परे ।
    त्यसैगरी उपाध्यक्षमा निर्वाचित खमला थापामगर कांग्रेसकी इमान्दार कार्यकर्ता हुन । कांग्रेसको प्रदेश महाधिवेश प्रतिनिधि रहेकी थापामगर अघील्लो निर्वाचनमा उपाध्यक्षमा पराजित भएकी थिईन ।
    उनि जिल्लामै सवै भन्दा कम उमेरकी पालिका उप प्रमुख हुन । २७ बर्षिय थापामगर माओवादीको आधार क्षेत्रमा रहेर काँग्रेसको झण्डा उँचो वनाउन संघर्षशिल थिईन ।
    माओवादीले दोरम्बा शैलुङलाई रक्त रगतले सिंचित युद्ध भूमिको रुपमा लिन्छ । यस अघि दोरम्बा र सुनापति गाउंपालिकाको अधिकांश पदमा नेतृत्व लिएको माओवादीले यो निर्वाचनमा केहि सिट गुमाएपनि मूख्य नेतृत्व भने अरु पार्टीलाई खोस्न दिएन ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस