उमाकुण्डमा अध्यक्ष एमाले, उपाध्यक्ष काँग्रेस

रामेछाप । रामेछापको उमाकुण्ड गाउ‘पालिकाको अध्यक्षमा नेकपा एमालेका शेरवहादुर सुुनुवार र उपाध्यक्ष्ँमा नेपाली कॉग्रेसकी सावित्री सुनुवार विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्ष्ँमा सुनुवारले ३ हजार ७ सय २८ मत पाएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिस्पर्धि नेपाली कॉग्रेसका जितवहादुर कटुवालले २ हजार १ सय ७२ मत प्राप्त गरेका थिए । सुनुवार यस अघि पनि उक्त पालिकाका अध्यक्ष हुन ।
उपाध्यक्षमा कॉग्रेसकी सावित्री सुनुवारले २ हजार ९ सय २२ मत पाएर निर्वाचित भएकी हुन । उनकी निकटतम प्रतिस्पर्धि एमालेकी गंगा कार्कीले २ हजार ८ सय ३४ मत पाएकी थिईन । सावित्री सुनुवार यस अघी वडा नम्बर ५ को उप निर्वाचनमा वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार संग पराजित भएकी थिईन । अघील्लो निर्वाचनमा पनि उपाध्यक्षमा ेनेपाली कॉग्रेस विजयी भएको थियो ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस