रामेछापको गोकुलगंगा १ मा काँग्रेसको प्यानलै विजयी

रामेछाप – रामेछापको गोकुलगंगा गाउँपालिकाको वडा नम्बर १ चुचुरेमा नेपाली काँग्रेसका उम्मेदवारहरु प्यानलै विजयी भएका छन् ।
निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार वडा नम्बर १ को मतगणना सकिएको छ । मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार छत्रवहादुर वस्नेतले ७ सय १५ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका मिनवहादुर कार्की ( रामजी ) ले ६ सय १९ मत पाएका थिए ।
नेपाली काँगेसबाट उम्मेदवार भएका महिला सदस्य दिर्घमाया खत्री ७ सय १०, दलित महिला सदस्य विमला खाति ७ सय ६ , र पुरुष खुला सदस्यमा दुर्गवहादुर थापा ७ सय ६ र टोपवहादुर खत्रीले ६ सय ७९ मत पाएर विजयी भएका छन् ।
गोकुलगंगा १ मा गाउँपालिकाको अध्यक्षमा समेत नेपाली का“ग्रेसले अग्रता लिएको छ । नेपाली काँग्रेसका उम्मेदवार काजिवहादुर खड्का ( दिनेश ) ले ७ सय ६५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका खड्गवहादुर सुनुवारले ६ सय ३७ मत पाएका छन् ।
यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसकी उषा देवि कार्की प्रतिस्पर्धी भन्दा फराकिलो मतान्तरले अघी रहेकी छिन् । कार्कीले ८ सय ४५ मत प्राप्त गरेकी छिन भने उनकी प्रतिस्पर्धी एमालेकी राधिका नेवार श्रेष्ठले ५ सय ६८ मत पाएकी छिन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- २ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ३ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ४ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ५ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ६ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ७ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
- ८ महिला दिवसमा मन्थलीमा विविध कार्यक्रम
प्रतिक्रिया दिनुहोस