सुनापतिमा माओवादी केन्द्रको अग्रता

रामेछाप – रामेछापको सुनापति गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनापतिमा माओवादी केन्द्रका ठुलो कान्छा तामाङले ६७ मत ल्याएर अग्रता वनाएका हुन । नेपाली का“ग्रेसका कमान खड्का ( जितेन्द्र ) ६५ मतका साथ दोश्रो र नेकपा एमालेका ज्ञानकुमार योञ्जन ४३ मत सहित तेश्रो स्थानमा रहेका छन् ।
यसैगरी उपाध्यक्षमा समेत माओवादी केन्द्रकी गीता विष्टले अग्रता लिएकी छिन । विष्टले ७८ मत पाउददा काँगे्रसकी शान्ति मोक्तानले ५९ मत र एमालेकी रीता कुमारी ढुंगेल गौतमले ३८ मत पाएकी छिन् । उक्त वडामा माओवादी केन्द्र र नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवारहरुले समान ६७ मत पाएका छन् । एमालेका वडा अध्यक्षका उम्मेदवारले ३८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ५ वटा वडा रहेको उत्तः गाउँपालिकामा वडा नम्बर १ गुन्सीबाट मतगणना थालिएको हो । उक्त पालिकामा यस अघी माओवादी केन्द्रले सवै पदाधिकारी जितेको थियो ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस