लिखु तामाकोशीमा एमाले अग्रता कायमै

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाको मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । एमालेलाई नेपाली काँग्रेसले पछ्याइरहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हाल सम्म कुल ६ सय ४६ मतगणना सकिएको छ । उक्त गणनामा एमालेका उम्मेदवार कमल कडेरीया ३ सय १ मत पाएर अग्र स्थानमा छन । नेपाली काँग्रेसका केशव महतले २ सय ६८ मत पाएका छन् ।
यसैगरी उपाध्यक्षमा एमालेकी दिपा पाख्रिनले ३ सय १० र नेपाली काँग्रेसकी सरस्वति खड्काले २ सय ४८ मत पाएकी छिन् । पालिकाको १ नम्बर वडा दुरागाउंको मतगणना भइरहेको र उक्त वडामा कुल १ हजार ७ सय ४९ मतदान भएको थियो ।
वडा अध्यक्षमा एमालेका उम्मेदवारले ३ सय ९ र नेपाली काँग्रेसका उम्मेदवारले २ सय ६० मत पाएका छन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस