प्रारम्भिक मतगणना
गोकुलगंगामा काँग्रेस र लिखुमा एमाले अघी
रामेछाप – रामेछापको गोकुलगंगा गाउ“पालिकाको अध्यक्षमा नेपाली का“ग्रेसले अग्रता लिएको छ । का“ग्रेसका उम्मेदवार काजिवहादुर खड्काले अग्रता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गोकुलगंगा गाउ“पालिकाको ९ सय ८४ मत गणना हुदा नेपाली का“ग्रेसका उम्मेदवार काजिवहादुर खड्काले ५ सय १० मत प्राप्त गरेर अग्रता लिएका हुन । उनका प्रतिस्पर्धि नेकपा एमालेका खड्गवहादुर सुुनुवारलाई ४ सय ८ मत प्राप्त भएको छ । सुनुवार यस अघीका पालिका अध्यक्ष हुन । त्यसैगरी उपाध्यक्षमा का“ग्रेसकै उषा कार्कीले ५ सय ३३ मत पाएर अग्रता लिएकी छिन भने उनीलाई एमालेकी राधिका श्रेष्ठ नेवारले ३ सय ८८ मत ल्याएर पछ्याईरहेकी छिन् । श्रेष्ठ यस अघीकी उपाध्यक्षमा निर्वाचित भएकी हुन । वडा नम्बर १ को चुचुरेबाट मत गणना सुरु भएको हो । वडा अध्यमा पनि नेपाली काँग्रेसले फराकिलो मतान्तर निकालेको छ । काँग्रेस वडा अध्यक्षका उम्मेदवारको ५ सय ५ मत र एमालेका उम्मेदवारको ३ सय ९८ मत रहेको छ ।
यसैगरी लिखु तामाकोशी गाउ“पालिकामा सुरुवाति अग्रता नेकपा एमालेले गरेको छ । एमालेका उम्मेदवार कमल कडरीयाले २ सय ३० मत पाएका छन् । नेपाली का“ग्रेसका केशव महतले २ सय १३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकी दिपा पाख्रीन २ सय ४० मत सहित अग्र स्थानमा छिन भने का“ग्रेस उम्मेदवार सरस्वति खड्काले १ सय ९७ मत पाएकी छिन् । उक्त पालिकामा दुरागाउंबाट मतगणना सुरु गरीएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दुरागाउको वडा अध्यक्षमा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवारले २ सय ३८ मत र नेपाली काँग्रेसका उम्मेदवारको २ सय ९ मत प्राप्त भएको छ ।
अन्य पालिकामा मतगणना थालिएको छैन । केहिमा बैठकको तयारी हुदै गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस