प्रारम्भिक मतगणना
गोकुलगंगामा काँग्रेस र लिखुमा एमाले अघी

रामेछाप – रामेछापको गोकुलगंगा गाउ“पालिकाको अध्यक्षमा नेपाली का“ग्रेसले अग्रता लिएको छ । का“ग्रेसका उम्मेदवार काजिवहादुर खड्काले अग्रता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गोकुलगंगा गाउ“पालिकाको ९ सय ८४ मत गणना हुदा नेपाली का“ग्रेसका उम्मेदवार काजिवहादुर खड्काले ५ सय १० मत प्राप्त गरेर अग्रता लिएका हुन । उनका प्रतिस्पर्धि नेकपा एमालेका खड्गवहादुर सुुनुवारलाई ४ सय ८ मत प्राप्त भएको छ । सुनुवार यस अघीका पालिका अध्यक्ष हुन । त्यसैगरी उपाध्यक्षमा का“ग्रेसकै उषा कार्कीले ५ सय ३३ मत पाएर अग्रता लिएकी छिन भने उनीलाई एमालेकी राधिका श्रेष्ठ नेवारले ३ सय ८८ मत ल्याएर पछ्याईरहेकी छिन् । श्रेष्ठ यस अघीकी उपाध्यक्षमा निर्वाचित भएकी हुन । वडा नम्बर १ को चुचुरेबाट मत गणना सुरु भएको हो । वडा अध्यमा पनि नेपाली काँग्रेसले फराकिलो मतान्तर निकालेको छ । काँग्रेस वडा अध्यक्षका उम्मेदवारको ५ सय ५ मत र एमालेका उम्मेदवारको ३ सय ९८ मत रहेको छ ।
यसैगरी लिखु तामाकोशी गाउ“पालिकामा सुरुवाति अग्रता नेकपा एमालेले गरेको छ । एमालेका उम्मेदवार कमल कडरीयाले २ सय ३० मत पाएका छन् । नेपाली का“ग्रेसका केशव महतले २ सय १३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकी दिपा पाख्रीन २ सय ४० मत सहित अग्र स्थानमा छिन भने का“ग्रेस उम्मेदवार सरस्वति खड्काले १ सय ९७ मत पाएकी छिन् । उक्त पालिकामा दुरागाउंबाट मतगणना सुरु गरीएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दुरागाउको वडा अध्यक्षमा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवारले २ सय ३८ मत र नेपाली काँग्रेसका उम्मेदवारको २ सय ९ मत प्राप्त भएको छ ।
अन्य पालिकामा मतगणना थालिएको छैन । केहिमा बैठकको तयारी हुदै गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस