माईक्रोबस दुर्घटनामा १० घाईते , दुई गम्भिर

रामेछाप । बुधबार काठमाण्डौंबाट मन्थली आउदै गरेको यात्रुबाहक माईक्रोबस रामेछापको मन्थली नगरपालिका ६ सेलेघाट नजिक दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भिर छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुुसार सेलेघाट नजिक बा २ ख ४१८० नम्बरको माईक्रोबस दुर्घटनामा हुदा गम्भिर भाईते भएकी खाडादेवि ३ ठेगाना भएकी यात्रु सविना मोक्तान र उनका ६ बर्षिय छोरालाई थप उपचारका लागि हेलीकप्टर बाट काठमाण्डौं पठाइएको छ । अन्य घाईतेको सिन्धुलीको खुर्कोट स्थित शुभजिवन र सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । माईक्रोबस सडकबाट करिव २० मिटर तल खसेको ढकालले जनाएका छन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस