जनप्रनिनिधिलाई नगदी जिन्सी वुझाउन पालिकाको उर्दी
रामेछाप । स्थानीय निर्वाचनको उम्मेदवारी दर्ताको समय नजिकिदै जादाँ रामेछापको लिखु तामाकोशी गाउँपालिकाले जनप्रतिनिधिलाई नगदी र जिन्सी सामान वुझाउनका लागि उर्दी जारी गरेको छ ।
स्थानीय निर्वाचनका लागि उम्मेदवार दर्ता गराउनका लागि सरकारी निकायमा पेश्की, बेरुजु, नगदी र जिन्सी बाँकी हुनु नहुने निर्वाचन आयोगको निर्णयलाई टेकेर गाउँपालिकाले शुक्रबार उर्दी पत्र जारी गरेको हो ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत नविनकुमार साहले हस्ताक्षर गरेको उक्त पत्रमा खप्ने जिन्सी सामान भए जिन्सी शाखामा र वडा तहमा वुझेको नगद भए पालिकाको नाममा बैंकमा जम्मा गरी सो को भौचर पेश गर्न भनिएको छ । साथै कुनै पनि पेश्की तथा वेरुजु भएमा फछ्र्यौट गर्न समेत स्मरण गराईएको छ । पालिकाले जिन्सी र नगदी सामान नबुझाउने जनप्रनिधिको नाम सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ ।
स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने कार्यतालिका छ । उक्त निर्वाचनमा भाग नलिने जनप्रतिनिधिले त्यस दिन सम्म काम गर्न पाउने व्यवस्था छ । गाउँपालिकाले कुन जनप्रतिनिधि आसन्न निर्वाचनमा भाग लिने वा नलिने कुराको भेउ नपाउदै नगदी वा जिन्सी सामान वुझाउन उर्दी जारी गरेको हो । जिल्लाका अन्य पालिकामा यस प्रकारको सूचना जारी भएको छैन ।
पदमा रहदा वुझेका जिन्सी सामानहरु नवुझाई पालिकाबाट पत्र लिएर निर्वाचनमा उम्मेदवार हुन जाने जनप्रतिनिधिहरुको विगत रहेकोले पालिकाले पहिलनै यस प्रकारको उर्दी जारी गरेको वुझीएको छ । जनप्रनिनिधिको अघी कर्मचारीहरु निरिह हुने र उनिहरुको निर्देशन अनुसार नगदी जिन्सी सामान वुझेको भपाई गरीदिने कर्मचारीले पछि सामान पाउन पटक पटक जनप्रनिनिधिकोमा धाउनु पर्ने कारण कर्मचार िहैरानीमा पर्ने आएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस