आफ्नो स्थानीय तहमा ठेक्का नलिएको व्यक्ति उम्मेदवार हुन पाउने

काठमाण्डौं । निर्माण व्यवसाय गर्ने फर्म भएका व्यवसायीलाई आफ्नो स्थानीय तहमा ठेक्का नलिएको अवस्थामा निर्वाचन लड्नका लागि बाटो खुलेको छ ।
सर्बोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल ईजलासले सोमबार संविधानमा व्यवस्था नभएको हुदा कुनै व्यक्ति ठेकेदार हुदैमा निर्वाचनमा भाग लिनबाट वंचित गरीनु नहुने गरी व्याख्या गरेको हो । इजलासले तर निर्वाचन आयोगले लगाएको आचार संहितालाई केहि साँघुरो वनाउदै आफ्नो स्थानीय तहमा कुनै ठेक्कामा सम्लग्न भएको व्यक्तिले भने निर्वाचनमा भाग लिन नपाउने उल्लेख गरेको छ । आयोगले कुनैपनि स्थानीय तहमा ठेक्कामा सम्लग्न व्यक्तिले निर्वाचनमा उम्मेदवार हुन नपाउने गरी आचार संहिता ल्याएको थियो ।
यादप सुवेदीले निर्माण व्यवसाय गर्दैमा निर्वाचनमा उम्मेदवार हुन बाट रोक्ने निर्वाचन आयोगको आचार संहिता विरुद्ध आयोगलाई विपक्षी बनाई सर्बोच्च अदालतमा रीट दायर गरेका थिए ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस