आफ्नो स्थानीय तहमा ठेक्का नलिएको व्यक्ति उम्मेदवार हुन पाउने
काठमाण्डौं । निर्माण व्यवसाय गर्ने फर्म भएका व्यवसायीलाई आफ्नो स्थानीय तहमा ठेक्का नलिएको अवस्थामा निर्वाचन लड्नका लागि बाटो खुलेको छ ।
सर्बोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल ईजलासले सोमबार संविधानमा व्यवस्था नभएको हुदा कुनै व्यक्ति ठेकेदार हुदैमा निर्वाचनमा भाग लिनबाट वंचित गरीनु नहुने गरी व्याख्या गरेको हो । इजलासले तर निर्वाचन आयोगले लगाएको आचार संहितालाई केहि साँघुरो वनाउदै आफ्नो स्थानीय तहमा कुनै ठेक्कामा सम्लग्न भएको व्यक्तिले भने निर्वाचनमा भाग लिन नपाउने उल्लेख गरेको छ । आयोगले कुनैपनि स्थानीय तहमा ठेक्कामा सम्लग्न व्यक्तिले निर्वाचनमा उम्मेदवार हुन नपाउने गरी आचार संहिता ल्याएको थियो ।
यादप सुवेदीले निर्माण व्यवसाय गर्दैमा निर्वाचनमा उम्मेदवार हुन बाट रोक्ने निर्वाचन आयोगको आचार संहिता विरुद्ध आयोगलाई विपक्षी बनाई सर्बोच्च अदालतमा रीट दायर गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस