राष्ट्रवैकका गभर्नर निलम्बन
काठमाण्डौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई राष्ट्रबैक ऐन २०१८ बमोजिम जाँचवुझ थालेको छ । सरकारले जाँचवुझ समिति बनाएर काम थालेपछि अधिकारी सोहि कानुन बमोजिम स्वहः निलम्बनमा परेका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीको काम कारवाहि माथि जाँचवुझ गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय शुक्रबार अवेर मात्र सार्वजनिक भएको हो । निर्णय सार्वजनिक भएपछि अधिकारीले आफु माथि हुन थालेको जाँचवुझका सम्बन्धमा आश्चर्य व्यक्त गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मासँगको असमझदारीका कारण अधिकारीलाई निलम्बन गरिएको श्रोतले उल्लेख गरेको छ ।
अधिकारी २०७६ साल चैत २४ गते गभर्नर नियुक्त भएका थिए । अधिकारी निलम्बनमा परेपछि सरकारले राष्ट्रवैकका बरिष्ठ डेपुटि गभर्नरलाई कायम मुकायम गभर्नरको जिम्मेवारी सुम्पेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस