राष्ट्रवैकका गभर्नर निलम्बन

काठमाण्डौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई राष्ट्रबैक ऐन २०१८ बमोजिम जाँचवुझ थालेको छ । सरकारले जाँचवुझ समिति बनाएर काम थालेपछि अधिकारी सोहि कानुन बमोजिम स्वहः निलम्बनमा परेका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीको काम कारवाहि माथि जाँचवुझ गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय शुक्रबार अवेर मात्र सार्वजनिक भएको हो । निर्णय सार्वजनिक भएपछि अधिकारीले आफु माथि हुन थालेको जाँचवुझका सम्बन्धमा आश्चर्य व्यक्त गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मासँगको असमझदारीका कारण अधिकारीलाई निलम्बन गरिएको श्रोतले उल्लेख गरेको छ ।
अधिकारी २०७६ साल चैत २४ गते गभर्नर नियुक्त भएका थिए । अधिकारी निलम्बनमा परेपछि सरकारले राष्ट्रवैकका बरिष्ठ डेपुटि गभर्नरलाई कायम मुकायम गभर्नरको जिम्मेवारी सुम्पेको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस