चाेलेन्द्रकाे पदक निलम्बित

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका लागि घोषणा गरिएको विभूषण ‘महाउज्ज्वल राष्ट्रदीप’ लाई सरकारले स्थगित गरेको छ । जबरा निलम्बित भएकोले उनलाई दिने घोषणा भएको उक्त विभूषण रोकिएको हो ।
संविधान दिवसको अवसर पारेर २०७८ असोज ३ मा घोषणा गरिएका ९ सयभन्दा बढी मानपदवी÷अलंकार र पदक (विभूषण) नेपाली नयाँ वर्ष २०७९ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुदैछ ।
प्रधानन्यायाधीशको हैसियतमा जबरालाई तेस्रो ठूलो विभूषण महाउज्ज्वल राष्ट्रदीप प्रदान गर्ने निर्णय सरकारले गरेको थियो ।
तर, फागुन १ मा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका ९८ सांसदले उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि निलम्वनमा छन् । गृह मन्त्रालय स्रोतले प्रधानन्यायाधीश निलम्वनमा परेका कारण पूर्वघोषित विभूषण ग्रहणका लागि उनलाई नबोलाइने जनाएको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस