चाेलेन्द्रकाे पदक निलम्बित
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका लागि घोषणा गरिएको विभूषण ‘महाउज्ज्वल राष्ट्रदीप’ लाई सरकारले स्थगित गरेको छ । जबरा निलम्बित भएकोले उनलाई दिने घोषणा भएको उक्त विभूषण रोकिएको हो ।
संविधान दिवसको अवसर पारेर २०७८ असोज ३ मा घोषणा गरिएका ९ सयभन्दा बढी मानपदवी÷अलंकार र पदक (विभूषण) नेपाली नयाँ वर्ष २०७९ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुदैछ ।
प्रधानन्यायाधीशको हैसियतमा जबरालाई तेस्रो ठूलो विभूषण महाउज्ज्वल राष्ट्रदीप प्रदान गर्ने निर्णय सरकारले गरेको थियो ।
तर, फागुन १ मा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका ९८ सांसदले उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि निलम्वनमा छन् । गृह मन्त्रालय स्रोतले प्रधानन्यायाधीश निलम्वनमा परेका कारण पूर्वघोषित विभूषण ग्रहणका लागि उनलाई नबोलाइने जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस