आर्थिक प्रशासन सम्बन्धि अल्पकालिन तालिम शुरु

रामेछाप । लेखा व्यवस्थापन तथा खरिद प्रकृयालाई व्यवस्थित र समयसापेक्ष वनाउनका लागि रामेछापमा २ दिने आर्थिक प्रशासन सम्बन्धी अल्पकालिन तालिम बिहिबार देखि मन्थलीमा सुरु भएको छ । तालिममा जिल्ला स्थित संघीय ,प्रदेश र स्थानीय तहका लेखा र स्टोर शाखामा कार्यरत करिव ३० जनाको सहभागिता रहेको छ ।
सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र ललितपुरको आयोजनामा भएको उक्त तालिमको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडिले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले वर्तमान शासकिय स्वरुपले तीन तहका सरकार भएपनि निती विधि र कार्यक्रमहरु केन्द्र सरकार संग सम्बन्धित रहने हुदा समन्वयतात्मक रुपमा काम गर्नुपर्ने वताए । निती विधिहरु परिवर्तन भइरहने हुदाँ यस प्रकारको तालिम आवश्यक रहेको पहाडिले वताए ।
प्रमुख कोष नियन्त्रक लोकनाथ सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका उप सचिव ओम रिजाल लगाएतका प्रशिक्षकले कर प्रणाली, सार्वजनिक निकायले गर्ने खरिद प्रणाली, ऐन नियममा रहेका प्रावधान र आलेप सम्बन्धमा सहभागिहरुलाई तालिम प्रदान गर्ने लक्ष्य रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
- २ पुण्यमाता खोलामा पक्की पुल निर्माणको लागि शिलान्यास, स्थानीय हर्षित
- ३ कांग्रेस रामेछापकाे महासमितिमा सहमतिका लागि न्याैपानेकाे संयाेकत्वमा समिति गठन
- ४ पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण
- ५ दुर्गा प्रसाईंलाई नजरबन्दमा राख्ने सरकारकाे तयारी
- ६ कर दिवसमा नवजागरण बचत र ओम स्टोर्स सम्मानित
- ७ नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिने
- ८ प्रसाईं समुहले प्रहरीको घेराबार ताेडेर हिडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार
प्रतिक्रिया दिनुहोस