आर्थिक प्रशासन सम्बन्धि अल्पकालिन तालिम शुरु
रामेछाप । लेखा व्यवस्थापन तथा खरिद प्रकृयालाई व्यवस्थित र समयसापेक्ष वनाउनका लागि रामेछापमा २ दिने आर्थिक प्रशासन सम्बन्धी अल्पकालिन तालिम बिहिबार देखि मन्थलीमा सुरु भएको छ । तालिममा जिल्ला स्थित संघीय ,प्रदेश र स्थानीय तहका लेखा र स्टोर शाखामा कार्यरत करिव ३० जनाको सहभागिता रहेको छ ।
सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र ललितपुरको आयोजनामा भएको उक्त तालिमको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडिले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले वर्तमान शासकिय स्वरुपले तीन तहका सरकार भएपनि निती विधि र कार्यक्रमहरु केन्द्र सरकार संग सम्बन्धित रहने हुदा समन्वयतात्मक रुपमा काम गर्नुपर्ने वताए । निती विधिहरु परिवर्तन भइरहने हुदाँ यस प्रकारको तालिम आवश्यक रहेको पहाडिले वताए ।
प्रमुख कोष नियन्त्रक लोकनाथ सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका उप सचिव ओम रिजाल लगाएतका प्रशिक्षकले कर प्रणाली, सार्वजनिक निकायले गर्ने खरिद प्रणाली, ऐन नियममा रहेका प्रावधान र आलेप सम्बन्धमा सहभागिहरुलाई तालिम प्रदान गर्ने लक्ष्य रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- २ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ३ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ४ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ५ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ६ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ७ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ८ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास















प्रतिक्रिया दिनुहोस