काँग्रेस महामन्त्री गगन थापा शनिबार गेलु आउने
रामेछाप । नेपाली काँग्रेसका महामन्त्री तथा प्रभावशालि नेता गगनकुमार थापा शनिबार रामेछापको गेलुमा आउने भएका छन् । मन्थली १२ गेलुमा निर्माण भएको अग्लेश्वर महादेव मन्दिरको उद्घाटनका लागि थापा रामेछाप आउन लागेका हुन ।
नेपाली काँग्रेसले संचालन गर्दै आएको ‘घर घर जाऔं, नेपाली काँग्रेसलाई जिताऔं ’ अभियानको क्रममा थापाले मन्दिरको उद्घाटन पछि सभालाई संबोधन गर्ने कार्यक्रम रहेको छ ।
अघील्लो निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार भएका वडा नम्बर १२ का प्रत्यासी खिलेन्द्रवहादुर खत्रीले अग्लेश्वर मन्दिर निर्माण गर्ने प्रतिवद्धता प्रकट गरेका थिए । त्यहि वेला गरेको बाचा पुरा गर्ने उद्धेश्यले स्थानीय बासिन्दाको सहयोगमा मन्दिरको निर्माण गरीएको हो ।
कार्यक्रममा महामन्त्री थापाका अतिरीक्त काँग्रेसका जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) लगाएतका नेताहरुले समेत संवोधन गर्नेछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस