काँग्रेस महामन्त्री गगन थापा शनिबार गेलु आउने

रामेछाप । नेपाली काँग्रेसका महामन्त्री तथा प्रभावशालि नेता गगनकुमार थापा शनिबार रामेछापको गेलुमा आउने भएका छन् । मन्थली १२ गेलुमा निर्माण भएको अग्लेश्वर महादेव मन्दिरको उद्घाटनका लागि थापा रामेछाप आउन लागेका हुन ।
नेपाली काँग्रेसले संचालन गर्दै आएको ‘घर घर जाऔं, नेपाली काँग्रेसलाई जिताऔं ’ अभियानको क्रममा थापाले मन्दिरको उद्घाटन पछि सभालाई संबोधन गर्ने कार्यक्रम रहेको छ ।
अघील्लो निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार भएका वडा नम्बर १२ का प्रत्यासी खिलेन्द्रवहादुर खत्रीले अग्लेश्वर मन्दिर निर्माण गर्ने प्रतिवद्धता प्रकट गरेका थिए । त्यहि वेला गरेको बाचा पुरा गर्ने उद्धेश्यले स्थानीय बासिन्दाको सहयोगमा मन्दिरको निर्माण गरीएको हो ।
कार्यक्रममा महामन्त्री थापाका अतिरीक्त काँग्रेसका जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) लगाएतका नेताहरुले समेत संवोधन गर्नेछन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस