रजयछाप अग्निपिडित
कान्छारामको १ लाख १० हजार सहयोग

रामेछाप – रामेछाप नगरपालिका ७ सुकाजोरको रजयछापमा शनिबार भएको आगलागिमा परेर आवास विहिन भएका अग्निपिडितलाई नेपाली काँग्रेस जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले १ लाख १० हजार सहयोग गर्ने भएका छन् ।
तामाङ दैनिक गुजारा चलाउनका लागि प्रति परिवार १० हजारका दरले नगद उपलव्ध गराउने जनाएका छन् । रजयछापमा ११ परिवारको घर र गोठ जलेका थिए ।
स्थानीय विनोद श्रेष्ठको घरमा विद्युत चुहावट भई भएको उक्त आगजनिबाट करोडौंको क्षति पुगेको छ । सेना, प्रहरी, शसस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा साँझ अवेर आगो नियन्त्रणमा लिइएको थियो । घटनाको जानकारी पाउना साथ प्रम्ुख जिल्ला अधिकारी दिपककुमार पहाडि सििहतको टोली रजयछाप पुगेको थियो । टोलीले अग्निपिडितलाई तत्काल वसोवासका लागि त्रिपाल लगाएतको व्यवस्था गरेको छ । त्यसैगरी रामेछाप नगरपालिकाले अस्थायी रुपमा वसोवास गर्ने परिवारका लागि अत्यावश्यक सामाग्री, खाद्यान्न, लत्ता कपडा लगाएतका सामाग्री हस्तान्तरण गरेको रामेछाप नगरपालिकाकी उप प्रमुख श्रृजना खड्काले वताएकी छिन ।
रजयछाप आगलागिबाट पिडित भएका परिवारलाई घर पुननिर्माण गर्न जस्तापाताको सहयोग गर्ने प्रदेश सांसद शान्तिप्रसाद पौडेलले वचन दिएका छन् । रेडक्रस लगाएतका अन्य निकायले समेत अग्निपिडितका लागि राहत उपलव्ध गराएका छन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस