रजयछाप अग्निपिडित
कान्छारामको १ लाख १० हजार सहयोग
रामेछाप – रामेछाप नगरपालिका ७ सुकाजोरको रजयछापमा शनिबार भएको आगलागिमा परेर आवास विहिन भएका अग्निपिडितलाई नेपाली काँग्रेस जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले १ लाख १० हजार सहयोग गर्ने भएका छन् ।
तामाङ दैनिक गुजारा चलाउनका लागि प्रति परिवार १० हजारका दरले नगद उपलव्ध गराउने जनाएका छन् । रजयछापमा ११ परिवारको घर र गोठ जलेका थिए ।
स्थानीय विनोद श्रेष्ठको घरमा विद्युत चुहावट भई भएको उक्त आगजनिबाट करोडौंको क्षति पुगेको छ । सेना, प्रहरी, शसस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा साँझ अवेर आगो नियन्त्रणमा लिइएको थियो । घटनाको जानकारी पाउना साथ प्रम्ुख जिल्ला अधिकारी दिपककुमार पहाडि सििहतको टोली रजयछाप पुगेको थियो । टोलीले अग्निपिडितलाई तत्काल वसोवासका लागि त्रिपाल लगाएतको व्यवस्था गरेको छ । त्यसैगरी रामेछाप नगरपालिकाले अस्थायी रुपमा वसोवास गर्ने परिवारका लागि अत्यावश्यक सामाग्री, खाद्यान्न, लत्ता कपडा लगाएतका सामाग्री हस्तान्तरण गरेको रामेछाप नगरपालिकाकी उप प्रमुख श्रृजना खड्काले वताएकी छिन ।
रजयछाप आगलागिबाट पिडित भएका परिवारलाई घर पुननिर्माण गर्न जस्तापाताको सहयोग गर्ने प्रदेश सांसद शान्तिप्रसाद पौडेलले वचन दिएका छन् । रेडक्रस लगाएतका अन्य निकायले समेत अग्निपिडितका लागि राहत उपलव्ध गराएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस