रामेछापमा बम विष्पोट, एक घाईते
रामेछाप । रामेछापको हिमगंगाको जलजलेमा विहिबार विहान बम विष्पोट भएको छ । विष्पोटमा परि एक जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिङका अनुसार रामेछाप नगरपालिका ६ बसेरी नजिक बम विष्पोट भएको हो । लिखु नदीमा माछा मार्नका लागि वनाएको घरेलु बम विष्पोट हुदा रामेछाप नगरपालिका ४ धारापानीका ३५ बर्षिय टुकवहादुर श्रेष्ठ घाईते भएका छन् । उनलाई उपचारका लागि सा“घुटार लगिएकोमा उपचार संभव नभएपछि हेलिकप्टरबाट काठमाण्डौं पठाइएको छ । विष्पोटको घटनामा सम्लग्न ३ जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
घटनाको जानकारी पाउना साथ प्रहरी नायव उपरिक्षक थिङ सहितको टोली त्यस तर्फ पुगेका थिए । जिल्ला सदरमुकामबाट करिव ४० किलोमिटर पूर्व ओखलढुंगाको सिमावर्ति क्षेत्रमा उक्त घटना भएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस