रामेछापमा बम विष्पोट, एक घाईते

रामेछाप । रामेछापको हिमगंगाको जलजलेमा विहिबार विहान बम विष्पोट भएको छ । विष्पोटमा परि एक जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिङका अनुसार रामेछाप नगरपालिका ६ बसेरी नजिक बम विष्पोट भएको हो । लिखु नदीमा माछा मार्नका लागि वनाएको घरेलु बम विष्पोट हुदा रामेछाप नगरपालिका ४ धारापानीका ३५ बर्षिय टुकवहादुर श्रेष्ठ घाईते भएका छन् । उनलाई उपचारका लागि सा“घुटार लगिएकोमा उपचार संभव नभएपछि हेलिकप्टरबाट काठमाण्डौं पठाइएको छ । विष्पोटको घटनामा सम्लग्न ३ जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
घटनाको जानकारी पाउना साथ प्रहरी नायव उपरिक्षक थिङ सहितको टोली त्यस तर्फ पुगेका थिए । जिल्ला सदरमुकामबाट करिव ४० किलोमिटर पूर्व ओखलढुंगाको सिमावर्ति क्षेत्रमा उक्त घटना भएको हो ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस