प्रधानमन्त्री देउवाले गरे न्यू खिम्ती सव–स्टेशनको उद्घाटन

रामेछाप । रामेछापको मन्थली नगरपालिका १३ मा निर्माण भएको न्यू खिम्ती सव – स्टेशनको प्रधानमन्त्री शेरवहादुर देउवाले शनिबार विहान रामेछापको साँखेमा उद्घाटन गरेका छन् ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना मार्फत उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोडनका लागि उक्त सव–स्टेशनको निर्माण गरीएको हो । २२०/१३२ केभी क्षमताको उक्त सव–स्टेशन नेपालकै दोश्रो ठुलो क्षमताको हो । उक्त प्रशारण लाईन र सव–स्टेशनको निर्माणका लागि करिव १ अरव ६ करोड ६१ लाख ९६ हजार १ सय ७९ रुपैया खर्च भएको थियो ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले सव–स्टेशनका विभिन्न कक्षहरुको अवलोकन गरेका थिए । उक्त कार्यक्रममा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषाल, सचिव देबेन्द्र कार्की र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाका विविध पक्ष माथि देउवालाई जानकारी गराएका थिए ।
माथिल्लो तामाकोशी आयोजनाको उत्पादन गृह गोगर देखि न्यू खिम्ती सव–स्टेशन सम्मको २२० केभि प्रशारण लाईन मार्फत विद्युत आपुर्ति गरी राष्ट्रिय प्रशारणलाईनमा जोडिएको छ । सवस्टेशन बाट २२० केभि प्रशारण लाईन ढल्केबर तर्फ र १३२ केभि प्रशारणलाईन बाह्रविसे हुदै काठमाण्डौं लगिएका छन् ।
तामाकोशी जलविद्युत आयोजनाका अतिरीक्त हाल उक्त सव–स्टेशनमा खिम्ती जलविद्युत आयोजना, लिखु ए जलविद्युत आयोजना र लिखु ४ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत जोडिएका छन् । निकट भविष्यमा माथिल्लो र अपर खिम्ती, लिखु १, २ र ३ आयोजनाबाट उत्पादित विद्युत समेत सोहि सव–स्टेशनमा जोडिएका छन् ।
न्यू खिम्ती सव–स्टेशनको उद्घाटन पश्चात प्रधानमन्त्री देउवा दोलखाको गोगंर स्थित माथिल्लो तामाकोशी आयोजनाको उत्पादन गृहको निरीक्षण र आयोजनामा सम्लग्नलाई प्रमाण पत्र वितरण गर्ने कार्यक्रममा सहभागि भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आजबाट एसइई परीक्षा सुरु
- २ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ३ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ४ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ५ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ६ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ७ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ८ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
प्रतिक्रिया दिनुहोस