प्रधानमन्त्री देउवाले गरे न्यू खिम्ती सव–स्टेशनको उद्घाटन
रामेछाप । रामेछापको मन्थली नगरपालिका १३ मा निर्माण भएको न्यू खिम्ती सव – स्टेशनको प्रधानमन्त्री शेरवहादुर देउवाले शनिबार विहान रामेछापको साँखेमा उद्घाटन गरेका छन् ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना मार्फत उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोडनका लागि उक्त सव–स्टेशनको निर्माण गरीएको हो । २२०/१३२ केभी क्षमताको उक्त सव–स्टेशन नेपालकै दोश्रो ठुलो क्षमताको हो । उक्त प्रशारण लाईन र सव–स्टेशनको निर्माणका लागि करिव १ अरव ६ करोड ६१ लाख ९६ हजार १ सय ७९ रुपैया खर्च भएको थियो ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले सव–स्टेशनका विभिन्न कक्षहरुको अवलोकन गरेका थिए । उक्त कार्यक्रममा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषाल, सचिव देबेन्द्र कार्की र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाका विविध पक्ष माथि देउवालाई जानकारी गराएका थिए ।
माथिल्लो तामाकोशी आयोजनाको उत्पादन गृह गोगर देखि न्यू खिम्ती सव–स्टेशन सम्मको २२० केभि प्रशारण लाईन मार्फत विद्युत आपुर्ति गरी राष्ट्रिय प्रशारणलाईनमा जोडिएको छ । सवस्टेशन बाट २२० केभि प्रशारण लाईन ढल्केबर तर्फ र १३२ केभि प्रशारणलाईन बाह्रविसे हुदै काठमाण्डौं लगिएका छन् ।
तामाकोशी जलविद्युत आयोजनाका अतिरीक्त हाल उक्त सव–स्टेशनमा खिम्ती जलविद्युत आयोजना, लिखु ए जलविद्युत आयोजना र लिखु ४ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत जोडिएका छन् । निकट भविष्यमा माथिल्लो र अपर खिम्ती, लिखु १, २ र ३ आयोजनाबाट उत्पादित विद्युत समेत सोहि सव–स्टेशनमा जोडिएका छन् ।
न्यू खिम्ती सव–स्टेशनको उद्घाटन पश्चात प्रधानमन्त्री देउवा दोलखाको गोगंर स्थित माथिल्लो तामाकोशी आयोजनाको उत्पादन गृहको निरीक्षण र आयोजनामा सम्लग्नलाई प्रमाण पत्र वितरण गर्ने कार्यक्रममा सहभागि भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- २ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ३ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ४ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ५ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ६ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ७ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ८ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते















प्रतिक्रिया दिनुहोस