रामेछाप काँग्रेस
सबै पालिकामा निर्वाचन लक्षित अभियान संचालन गर्ने

रामेछाप । नेपाली काँग्रेस रामेछाप ‘घर घर जाऔं नेपाली काँग्रेसलाई जिताऔं’ अभियान संचालन गर्न रामेछापका विभिन्न पालिकामा टोली परिचालन गर्ने भएको छ ।
चैत ९ देखि २१ गते सम्म संचालन हुने उक्त अभियानमा जिल्लाका उपसभापति देखि प्रवक्तालाई जिम्मेवारी दिइएको छ ।
नेपाली काँग्रेस जिल्ला समिति रामेछापले विहिबार मन्थलीमा आयोजित पत्रकार भेटघाटमा प्रबक्ता नारायण वबहादुर वोगटीले दिएको जानकारी अनुसार अभियान संचालन गर्न रामेछाप नगरपालिकामा उप सभापति लेखवहादुर कार्की, खाँडादेवि गाउँपालिकामा उपाध्यक्ष नबराज थोकर , मन्थली नगरपालिकामा सचिव विनोद कार्की , गोकुलगंगा गाउँपालिकामा सचिव दिपक खड्का, लिखु तामाकोशी गाउँपालिकामा सह सचिव कमल योञ्जन, सुनापति गाउँपालिकामा सह सचिव ध्रुव चौलागाई, दोरम्बा शैलुङ गाउँपालिकामा कोषाध्यक्ष लबवहादुर थापामगर र उमाकुण्ड गाउँपालिकामा प्रबक्ता नारायणवहादुर बोगटीलाई संयोजन गर्ने जिम्मेवारी सुम्पिएको छ ।
अभियानको क्रममा पालिकामा तहमा पुगेर स्थानीय निर्वाचन केन्द्रीत काँग्रेसका रणनिती, कांग्रेसले विकास निर्माणमा खेलेको भूमिका, पालिकामा संगठन विस्तारका लागि संचालन गर्नुपर्ने क्रियाकलाप र मतदाताहरुको धारणा समेतलाई वुझ्नेछ । त्यस बाहेक काँग्रेसले संचालन गरेका गतिविधिहरुका बारेमा पनि अभियानमा कार्यकर्ताहरुलाई प्रशिक्षित गराउने योजना काँग्रेसले अघी सारेको छ ।
उक्त अभियान रामेछाप जिल्लामा संचालनको जिम्मेवारी सहित केन्द्रीय समितिले केन्द्रीय सदस्य कुन्दनराज काफ्लेलाई खटाएको छ । काफ्ले शुक्रबारनै रामेछाप आइपुग्ने र अभियानको तयारीका लागि जुटने कार्यक्रम छ ।
यसैविच नेपाली काँग्रेसको १४ औं महाधिवेशन बाट निर्वाचित पूर्णवहादुर तामाङ ( कान्छाराम ) को अध्यक्षतामा विभिन्न पालिकामा पुगेर जिल्ला कार्य समितिका ७ वटा बैठक सम्पन्न भएका , जिल्ला समितिका विभिन्न पदमा मनोनयन गर्ने कार्यलाई पूर्णता दिइएको , ६४ वटै वडा तहमा टोल कार्य समितिको गठन अन्तिम चरण्मा पुगेको , जिल्ला कार्य समितिका विभिन्न विषयगत शाखाहरु गठन भएका र यस विचमा करिव २ हजार कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश भएको पत्रकार भेटघाटमा बोगटीले जानकारी दिए ।
पत्रकारहरुले पार्टीले संचालन गरेका गतिविधिका साथै पार्टीको आन्तरिक खिचातानीका विषयमा प्रश्न राखेका थिए । त्यसको जवाफमा प्रवक्ता बोगटीले केहि सामान्य कुराहरु भएका र उक्त कुराहरुलाई पार्टी नेतृत्व संयमित भएर मिलाएर लैजान तयार रहेको वताए । पार्टीले मिडिया र पत्रकारहरुलाई हेर्ने दृष्टिकोण र जिम्मेवार पदाधिकारीबाट भएका अतिसयोक्ती हुने खालका अभिव्यक्तिहरुमा सुधार ल्याउने र सवैको सहकार्य र हातेमालोमा काँग्रेस अघी बढ्ने प्रतिवद्धता बोगटीले व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस