झुक्याएर पार्टी प्रवेश गराएकोमा मगरको आपत्ति

रामेछाप । स्वास्थ्य शिविर भएको भनि झुक्याएर एमाले सभामा लगी जवरजस्ती पार्टी प्रवेश गराएको भन्दै नेपाली काँग्रेसकी राधा मगरले आपत्ति जनाएकी छिन् ।
मलाई स्वास्थ्य शिविर छ, भनेर एमालेको कार्यक्रममा नियोजित रुपमा लाने र जवरजस्ती पार्टी प्रवेश भयो भनेर नाम बोलाउने काम भएको छ मगरले भनिन् – सो कार्यको म घोर भत्र्सना गर्दछु । उनले आफु नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि भएको र कहि कतै विचलित नभै सोहि पार्टीमा रहेको दावि गरेकी छिन् ।
बुधबार नागदहमा आयोजित कार्यक्रममा एमालेले मगर लगाएतका कार्यकर्तालाई एमाले प्रवेश गरेको भनेर प्रचार गरेको थियो ।
यसैविच नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिका ५ नम्बर वडा समितिका अध्यक्ष रोमवहादुर तामाङले विहिबार विज्ञप्ति जारी गरी नेकपा एमालेले झुक्याएर आत्मा सम्मानमा चोट पु¥याएको भन्दै मगर आफ्नै पार्टीमा क्रियाशिल रहेको जनाएका छन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस