रोकियो रेडक्रसको जिल्ला अधिवेशन
रामेछाप । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको अधिवेशन अर्को सूचना नभए सम्मको लागि स्थगित भएको छ । जिल्ला अधिवेशन माघ २९ गते शनिबारका लागि तोकिएको थियो ।
ओमिक्रोनको संक्रमणका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवधि भित्र रेडक्रसको जिल्ला अधिवेशन हुने नहुने बारे स्थानीय प्रशासन संग निर्देशन माग गर्दा प्रशासनले वर्तमान अवस्थामा जिल्ला अधिवेशन गर्न अनुकुल नभएको निर्देशन दिएको थियो ।
जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम सोसाईटीले सोमबार आफ्ना मातहतका सवै उप शाखाहरुलाई अधिवेशन अनिश्चित काल सम्मका लागि स्थगित भएको जनाउ दिएको छ । अर्को अधिवेशनको मिति रेडक्रसले पछि निर्धारण गर्नेछ । रेडक्रसको विधान बमोजिम उप शाखाबाट छनौट हु्ने प्रतिनिधिहरु जिल्ला सभाका लागि उम्मेदवार र मतदाता हुन पाउने व्यवस्था छ ।
यस अघि रेडक्रस सोसाईटीले जिल्ला शाखाको निर्वाचन गर्न नसकेको भन्दै शिव कार्की नेतृत्वको आधिकारीक जिल्ला शाखालाई हटाएर शाखाकै मन्त्री जयप्रकाश श्रेष्ठलाई निर्वाचन गराउने तदर्श समितिको संयोजक वनाएको थियो । तर कार्की उक्त निर्णयका विरुद्ध उच्च अदालत पुगेका थिए । उच्च अदालत पाटनले कार्कीको सभापतित्वमा रहेको पदाधिकारीलाईनै मान्यता दिएपछि जिल्ला अधिवेशनको टुंगो लागेको थियो । जिल्ला अधिवेशनका लागि जिल्ला भित्र रहेका सवै उप शाखाहरुको अधिवेशन सम्पन्न भइसकेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस