रोकियो रेडक्रसको जिल्ला अधिवेशन
रामेछाप । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको अधिवेशन अर्को सूचना नभए सम्मको लागि स्थगित भएको छ । जिल्ला अधिवेशन माघ २९ गते शनिबारका लागि तोकिएको थियो ।
ओमिक्रोनको संक्रमणका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवधि भित्र रेडक्रसको जिल्ला अधिवेशन हुने नहुने बारे स्थानीय प्रशासन संग निर्देशन माग गर्दा प्रशासनले वर्तमान अवस्थामा जिल्ला अधिवेशन गर्न अनुकुल नभएको निर्देशन दिएको थियो ।
जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम सोसाईटीले सोमबार आफ्ना मातहतका सवै उप शाखाहरुलाई अधिवेशन अनिश्चित काल सम्मका लागि स्थगित भएको जनाउ दिएको छ । अर्को अधिवेशनको मिति रेडक्रसले पछि निर्धारण गर्नेछ । रेडक्रसको विधान बमोजिम उप शाखाबाट छनौट हु्ने प्रतिनिधिहरु जिल्ला सभाका लागि उम्मेदवार र मतदाता हुन पाउने व्यवस्था छ ।
यस अघि रेडक्रस सोसाईटीले जिल्ला शाखाको निर्वाचन गर्न नसकेको भन्दै शिव कार्की नेतृत्वको आधिकारीक जिल्ला शाखालाई हटाएर शाखाकै मन्त्री जयप्रकाश श्रेष्ठलाई निर्वाचन गराउने तदर्श समितिको संयोजक वनाएको थियो । तर कार्की उक्त निर्णयका विरुद्ध उच्च अदालत पुगेका थिए । उच्च अदालत पाटनले कार्कीको सभापतित्वमा रहेको पदाधिकारीलाईनै मान्यता दिएपछि जिल्ला अधिवेशनको टुंगो लागेको थियो । जिल्ला अधिवेशनका लागि जिल्ला भित्र रहेका सवै उप शाखाहरुको अधिवेशन सम्पन्न भइसकेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस