प्रधानन्यायाधीश राणा भन्छन् राजीनामा दिन्न
काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफुले कुनैपनि हालतमा राजीनामा नदिने वताएका छन् ।
बिहिबार बेलुका प्राईम टाईम्स टेलिभिजनमा अन्तरवार्ता दिदै प्रधानन्यायाधीश राणाले सो कुरा वताएका छन् । आफु संविधानमा भएको व्यवस्था अनुसार प्रधानन्याायाधीश नियुक्ती भएको र संविधानमा भएकै व्यवस्थाबाट बहिगर्मन हुन चाहेको पनि राणाले वताए ।
सडकबाट राजीनामा माग्दैमा आफुले कदापी पनि राजीनामा नदिने उनले दृढता व्यक्त गरे । सडकका कुरा सुनेर स्वतन्त्र न्यायपालिकामा वस्नेले काम गर्न थाल्यो भने विधि र पद्धतिमा स्खलन आउने उनले वताए ।
सर्बोच्च अदालतका न्यायाधीशहरुले राणाको राजीनामाको विषयलाई सहयोग गर्न उनले तोकेको ईजलास बहिष्कार गरीरहेको विषयलाई राणाले कुनै पनि न्यायाधीशले त्यस्तो नगरेको र अदालतको विषयमा उठेका कुरालाई समाधानको लागि कसरी जाने भन्ने विषयमा छलफलमा रहेको वताए । कुनै पनि न्यायाधीशले बाहिरको हल्लाको पछि लागेर गैरसंवैधानिक काम गर्नुहुन्छ भन्ने मलाई लाग्दैन, उहाँहरुले गर्नुहुन्न राणाले भने ।
प्रधानन्यायाधीश राणा माथि सरकार र राजनीतिक दल संग मिलेर सत्ता समिकरण गरेको अभियोगमा केहि दिन देखि बार, सर्वोच्चका पूर्व प्रधानन्यायाधीशहरु र राजनीतिक दलका केहि शिर्ष नेताहरुले उनको राजीनामा माग गर्दै आएका छन् ।
केहि अघी नाताले उनका जेठान पर्ने एक गैर सांसदलाई प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्री वनाएपछि अहिलेको उनि माथि उठेको प्रश्न नेपाली संचार माध्यममा प्रमुखता पाउदै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस