प्रधानन्यायाधीश राणा भन्छन् राजीनामा दिन्न
काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफुले कुनैपनि हालतमा राजीनामा नदिने वताएका छन् ।
बिहिबार बेलुका प्राईम टाईम्स टेलिभिजनमा अन्तरवार्ता दिदै प्रधानन्यायाधीश राणाले सो कुरा वताएका छन् । आफु संविधानमा भएको व्यवस्था अनुसार प्रधानन्याायाधीश नियुक्ती भएको र संविधानमा भएकै व्यवस्थाबाट बहिगर्मन हुन चाहेको पनि राणाले वताए ।
सडकबाट राजीनामा माग्दैमा आफुले कदापी पनि राजीनामा नदिने उनले दृढता व्यक्त गरे । सडकका कुरा सुनेर स्वतन्त्र न्यायपालिकामा वस्नेले काम गर्न थाल्यो भने विधि र पद्धतिमा स्खलन आउने उनले वताए ।
सर्बोच्च अदालतका न्यायाधीशहरुले राणाको राजीनामाको विषयलाई सहयोग गर्न उनले तोकेको ईजलास बहिष्कार गरीरहेको विषयलाई राणाले कुनै पनि न्यायाधीशले त्यस्तो नगरेको र अदालतको विषयमा उठेका कुरालाई समाधानको लागि कसरी जाने भन्ने विषयमा छलफलमा रहेको वताए । कुनै पनि न्यायाधीशले बाहिरको हल्लाको पछि लागेर गैरसंवैधानिक काम गर्नुहुन्छ भन्ने मलाई लाग्दैन, उहाँहरुले गर्नुहुन्न राणाले भने ।
प्रधानन्यायाधीश राणा माथि सरकार र राजनीतिक दल संग मिलेर सत्ता समिकरण गरेको अभियोगमा केहि दिन देखि बार, सर्वोच्चका पूर्व प्रधानन्यायाधीशहरु र राजनीतिक दलका केहि शिर्ष नेताहरुले उनको राजीनामा माग गर्दै आएका छन् ।
केहि अघी नाताले उनका जेठान पर्ने एक गैर सांसदलाई प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्री वनाएपछि अहिलेको उनि माथि उठेको प्रश्न नेपाली संचार माध्यममा प्रमुखता पाउदै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ सर्वसाधारणलाई अदालती प्रक्रियाबारे जानकारी दिदै जिल्ला न्यायाधीश राजेन्द्र नेपाल
- २ एमाले रामेछापले कात्तिक २९ मा जिल्ला स्तरिय प्रदर्शन गर्ने,
- ३ सामाजिक सेवामा तल्लिन डा.सैयद शुक्रबार रामेछाप आउदै
- ४ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- ५ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ६ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ७ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ८ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक















प्रतिक्रिया दिनुहोस