फर्पुका ३ युवा चोरीको अभियोगमा थुनामा
रामेछाप । उमेर पढ्ने लेख्ने र श्रृजनात्मक काम गर्ने थियो । तर रामेछापका फर्पुका ३ जना युवकहरुले अपराधको बाटो रोजे । त्यहि अपराधका कारण उनिहरु कारागारको चिसो छिढीमा पुगेका छन् । कानुनले कारागार पठाउन नमिल्ने उमेरका एकजना बालक बालसुधार गृहमा ।
घटना चोरीडाँका । खिम्तीको जामुनेमा सम्साँझै महिला र बालबालिका मात्र भएको मौका छोपेर हतियार समेत देखाई डकैती गर्ने कार्यमा उनिहरु सम्लग्न भए । महिलाको गहना लुटे, नगद बटुले र कुटपिट गरेर हिडे । लुटिएकाबाट उपलव्ध हुलिया र सुराकीका आधारमा उनिहरुको पछि लागेको प्रहरीले उम्कने मौकानै दिएन । त्यतिन्जेल सम्म हतियार पहरामा लुकाउने र नगद तथा सुनचाँदी विक्री गर्ने सम्मको काम युवकहरुले भ्याईसकेका थिए ।
डाडाँ चोरीमा सम्लग्न व्यक्तिहरु सवै फर्पुका हुन । मिलन तामाङ, आकाश तामाङ र लालवहादुर तामाङ उक्त अपराधमा सम्लग्न थिए । प्रहरीले सवैलाई पक्राउ गरेर डाकाचोरी मुद्धा चलाएको थियो । अनुसन्धान सकेर अदालतमा पुगेको मुद्धाको सुनुवाईमा तीनै जनालाई पुर्पक्षमा राख्ने आदेश भएको छ । उक्त आदेश पछि उनिहरुलाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले वताएका छन् । एकजना बालकलाई भने बालसुधार गृहमा पठाइने छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- २ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ३ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त
- ४ पिङ्खुरीका पुर्व वडाअध्यक्ष सहित ठुलाे संख्यामा एमाले परित्याग गर्दै कांग्रेस प्रवेश
- ५ टाेल – टाेलमा आयुर्वेद सेवा
- ६ रामेछापका कांग्रेस उमेदवार रामचन्द्रले सुरु गरे डिजिटल सुझाव संकलन’
- ७ निर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा खटायाे नेताहरू
- ८ नापी कार्यालय रामेछापको सेवा प्रवाहमा नयाँ अभ्यास, सेवाग्राहीले आफ्नाे आफै हेर्न सक्ने















प्रतिक्रिया दिनुहोस