फर्पुका ३ युवा चोरीको अभियोगमा थुनामा

रामेछाप । उमेर पढ्ने लेख्ने र श्रृजनात्मक काम गर्ने थियो । तर रामेछापका फर्पुका ३ जना युवकहरुले अपराधको बाटो रोजे । त्यहि अपराधका कारण उनिहरु कारागारको चिसो छिढीमा पुगेका छन् । कानुनले कारागार पठाउन नमिल्ने उमेरका एकजना बालक बालसुधार गृहमा ।
घटना चोरीडाँका । खिम्तीको जामुनेमा सम्साँझै महिला र बालबालिका मात्र भएको मौका छोपेर हतियार समेत देखाई डकैती गर्ने कार्यमा उनिहरु सम्लग्न भए । महिलाको गहना लुटे, नगद बटुले र कुटपिट गरेर हिडे । लुटिएकाबाट उपलव्ध हुलिया र सुराकीका आधारमा उनिहरुको पछि लागेको प्रहरीले उम्कने मौकानै दिएन । त्यतिन्जेल सम्म हतियार पहरामा लुकाउने र नगद तथा सुनचाँदी विक्री गर्ने सम्मको काम युवकहरुले भ्याईसकेका थिए ।
डाडाँ चोरीमा सम्लग्न व्यक्तिहरु सवै फर्पुका हुन । मिलन तामाङ, आकाश तामाङ र लालवहादुर तामाङ उक्त अपराधमा सम्लग्न थिए । प्रहरीले सवैलाई पक्राउ गरेर डाकाचोरी मुद्धा चलाएको थियो । अनुसन्धान सकेर अदालतमा पुगेको मुद्धाको सुनुवाईमा तीनै जनालाई पुर्पक्षमा राख्ने आदेश भएको छ । उक्त आदेश पछि उनिहरुलाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले वताएका छन् । एकजना बालकलाई भने बालसुधार गृहमा पठाइने छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस