थला प-यो बिजुली वस
रामेछाप । यातायातको बजारमा प्रतिस्पर्धी रुपमा सेवा दिने गरी आएको विजुली बस थला परेको छ । केहि दिन यात्रु बोकेर काठमाण्डौं रामेछाप गुडेको विजुली वस अहिले सडकमा देखिदैन । काठमाण्डौं रामेछाप दैनिक १।१ वटा बिजुली बस संचालन गर्ने गरी भव लक्ष्मी यातायात सेवा प्रालिले सेवा संचालनमा ल्याएको थियो ।
काठमाण्डौंमा रिचार्ज गरेको व्याट्रीले एकतर्फि यात्राका लागि पुग्ने र रामेछापमा चार्ज गरेर फर्कनु पर्ने उक्त विजुली बस माईक्रोबस साईजमा थियो । मन्थलीमा आएपछि रातभरी चार्ज गरेर काठमाण्डौं फर्कने गरेको उक्त वसले केहि दिन मात्र सेवा दियो । काठमाण्डौं मन्थली प्रति यात्रु ५ सय रुपैयाँ भाडा लिएर उक्त वसले यात्रु वोकेको थियो ।
विजुली वस प्रतिस्पर्धी अन्य यातायात सेवाका सुमो र माईक्रो संग प्रतिस्पर्धा गर्नका लागि नसकेर विदा भएको हो । राज्यले विद्युतबाट चल्ने यातायातका साधनलाई प्रमुखता दिने निती अख्तियार गरेकाले भन्सार सुविधामा आएको उक्त वसले नियमित सेवा दिने आशा स्थानीयले राखेका थिए । विजुली वस वातावरणको हिसावले समेत उचित मानिन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस