झुगलापाटा भीर फुट्दा कर्णाली नदी थुनियो,
बाजुरा- बाजुराको स्वामीकार्त्तिक खापर गाउँपालिका-१ मा रहेको झुगलापाटा भिर फुटेर कर्णाली नदी थुनिएको छ । जगन्नाथ गाउँपालिकाको कार्यालय जुड्डीपारी पट्टि रहेको भिर फुटेर सुख्खा पहिरो खस्दा कर्णाली नदी थुनिएको हो ।
उक्त भिरमा दुई महिना अघिदेखि बेलाबेलामा पहिरो जान थालेकाे थियाे । दुई महिनायताको लगातार सुख्खा पहिरोले गर्दा कर्णाली नदी थुनिन थालेपछि नदी आसपास तथा छेउछाउमा बसोबास गर्ने स्थानीय त्रसित भएका छन् । झुगलापाटा भिर फुट्दा स्वामीकार्त्तिक खापर गाउँपालिका वडा नं १ रुडी गाउँ, जगन्नाथ गाउँपालिकाको कार्यालय, जुड्डी प्रहरी चौकीलगायतका आसपासका क्षेत्र उच्च जोखिममा रहेका बताइएको छ ।
पहिरोले कर्णाली नदी थुनिन थालेसँगै नदी आसपास क्षेत्रमा बसोबास गरिरहेका स्थानीयलाई समस्या भएको बताइएको छ । कर्णाली प्रदेशको हुम्ला, मुगुसँगै बाजुरा हुँदै बग्ने कर्णाली नदीमा सुख्खा पहिरो खस्दा नदीको पानी थुनिएपछि वरपरका बस्ती समस्यामा परेका हुन् ।
स्वामीकार्त्तिक खापर गाउँपालिका १ को रुडि गाउँको तल र छुद्यदरी गाउँको नजिकै सुख्खा पहिरो खस्दा कर्णालीको केही भाग थुनिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । एक्कासी पहिरो खस्दा आज विहान १०/१५ मिनेटसम्म कर्णाली नदी थुनिएपछि नदी वरपरका स्थानीय आत्तिसकेका भए पनि केहीबेर पछि नदीको एक तर्फबाट पानी बग्न सुरु भएको स्थानीयले बताएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस