कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
उमाकुण्ड – उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले जनप्रतिनिधि र कर्मचारीबीच आपसी समझदारी, समन्वय र सहकार्य बिना स्थानीय तहको समृद्धि सम्भव नहुने बताइन् ।
गाउँपालिकाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष सुनुवारले जनप्रतिनिधि र कर्मचारीबीच वैचारिक तालमेल र कार्यगत एकरूपता कायम भए नागरिकले प्रभावकारी सेवा प्राप्त गर्ने र विकासले गति लिने स्पष्ट पारिन् ।
उपाध्यक्ष सुनुवारले जनप्रतिनिधि र कर्मचारीलाई ‘एउटै रथका दुई पाङ्ग्रा’को संज्ञा दिँदै जनप्रतिनिधिले नीति तथा योजना निर्माण गर्ने र कर्मचारीले त्यसलाई इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताईन् । “जनप्रतिनिधि र कर्मचारीबीच मतभेद भए विकास निर्माणका काम प्रभावित हुन्छन् र त्यसको प्रत्यक्ष असर नागरिकमाथि पर्छ,” उहाँले भन्नुभयो, “त्यसैले दुवै पक्षबीच समन्वय, विश्वास र साझा सोच अपरिहार्य छ।”
उपाध्यक्ष सुनुवारले नागरिकलाई छिटो,छरिताे ,सहज र झन्झटमुक्त सेवा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै गाउँपालिकाको समग्र विकासका लागि सबै पक्षले साझा उद्देश्यका साथ अघि बढ्नुपर्नेमा जोड दिदै गाउँपालिकाको समृद्धिका लागि आफ्नो तर्फबाट सदैव सकारात्मक समन्वय र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्दै सबै सरोकारवालालाई एकताबद्ध भएर विकास अभियानमा जुट्न आग्रह गर्नुभयो।
कार्यक्रममा चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहलाई थप चुस्त,पारदर्शी र नागरिकमैत्री बनाउने विषयमा छलफल भएको थियो।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- २ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ३ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ४ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ५ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ६ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ७ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ८ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो













प्रतिक्रिया दिनुहोस