गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
रामेछाप — मन्थली नगरपालिका–१ मच्छेडाँडीमा गुडिरहेको स्कुटरमा जंगली मृग ठोक्किँदा चालक घाइते भएका छन्।
सोमबार बिहान मन्थली–रामेछाप सडकखण्डअन्तर्गत मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटरमा एक्कासि मृग ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
दुर्घटनामा मन्थली नगरपालिका–४ सालुका १८ वर्षीय चालक सञ्जीव तामाङ घाइते भएका छन्। उनको बायाँ हातको कुहिनो र दुवै खुट्टामा चोट लागेको छ। थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए।
स्कुटरको पछाडि सवार मन्थली नगरपालिका–४ का १० वर्षीय जेसीज तामाङको पेट र टाउकोमा चोट लागेको छ। उनको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।
स्कुटरमा ठोक्किएको मृगको भने घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले स्कुटर नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राउतले बताए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- २ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ३ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ४ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ५ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ६ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ७ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ८ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना













प्रतिक्रिया दिनुहोस