उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस
रामेछाप – यसअघिकाे निर्वाचनमा पार्टीले आफुलाई उपेक्षा गरेकाे भन्दै कांग्रेस छाडेका उमाकुण्डका हिक्मत सुनुवार पुन: कांग्रेस फर्किएका छन् । कांग्रेसले रामेछापमा रामचन्द्र खड्कालाई टिकेट दिएकाेमा खुसि व्यक्त गर्दै खड्का जिताउन उनी कांग्रेस फर्किएकाे हाे ।
गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले उमाकुण्ड गाउँपालिकाको अध्यक्ष पदका लागि टिकट नदिएपछि सुनुवारले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए । स्वतन्त्र उम्मेदवार बनेर चुनावमा भाग लिएका उनले उल्लेख्य मत प्राप्त गरेका थिए ।
पछिल्लो समय पार्टीभित्र देखिएको परिवर्तन, नयाँ सोच र संगठन सुदृढीकरणसँगै सुधारिएको कांग्रेस प्रति विस्वास लागेपछि आफू पुनः कांग्रेसमै फर्किएको उनले बताए ।
रामेछापमा कांग्रेसले निष्ठावान, निष्कलंकित र दागरहित स्वच्छ छवि भएका पार्टी पुर्व सभापति रामचन्द्र खड्कालाई उम्मेदवारकाे रुपमा अघि सारेकोमा खुसि व्यक्त गर्दै पुनः पार्टीमा क्रियाशील भएकाे बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- २ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ३ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ४ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ५ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ६ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ७ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ८ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन















प्रतिक्रिया दिनुहोस