रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
रामेछाप – नेपाल प्रहरी दिवस २०८२ को अवसरमा रामेछापका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) भाेला कुमार भट्ट ‘पूर्ण शान्ति प्रहरी पुरस्कार’बाट पुरस्कृत भएका छन् ।
७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको विशेष कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले भट्टलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरेका हुन् ।
राष्ट्र र नागरिकसेवामा समर्पित “सत्य सेवा सुरक्षणम्” काे आदर्शलाई आत्मसात गरी राष्ट्रवासीलाई शान्ति सुरक्षाकाे प्रत्याभूति दिलाउन डिएसपी भट्टले पुर्याएकाे अतुलनीय याेगदानकाे कदर स्वरुप “पूर्ण शान्ति प्रहरी पुरस्कार २०८२” प्रदान गरिएको हाे ।
याे पुरस्कार प्रहरी प्रधान कार्यालयले प्रहरी सेवामा उत्कृष्ट योगदान पुर्याउने प्रहरी अधिकृतलाई प्रदान गर्दै आएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापकाे प्रमुखका रुपमा रहेका भट्टले जिल्लाका विभिन्न आपराधिक गतिविधिहरू नियन्त्रण गर्न , मादक पदार्थ नियन्त्रण गर्न ,सडक सुरक्षा लगाएत नागरिकमैत्री शान्ति सुरक्षाकाे कार्यमा उल्लेखनीय भूमिका खलेका जनाइएको छ ।
सम्मान ग्रहण गर्दै डिएसपी भट्टले उक्त पुरस्कारले आफूलाई अझ जिम्मेवार हुन प्रेरित गरेकाे भन्दै उक्त सम्मान सम्पूर्ण रामेछाप प्रहरी परिवारको सामूहिक उपलब्धि भएकाे बताए ।उक्त पुरस्कारले रामेछाप प्रहरीको प्रतिष्ठा र जनविश्वास अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।
समारोहमा प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्र कुबेर खापुङ्ग लगायत उच्च प्रहरी अधिकृत, सुरक्षा निकायका प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस