आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
रामेछाप – रामेछापको सदरमुकाम मन्थलीमा रहेकाे मन्थली एयरपोर्टबाट आजदेखी रामेछाप–काठमाडौं
नियमित उडान सुरु भएको छ । नियमित उडानका लागि चाैतर्फी रुममा माग आएपछि आजबाट नियमित उडान सुरु भएकाे हाे ।
केहिदिन अघि आएकाे बाढीले बिपी राजमार्ग अबरुद्ध भएपछि जिल्लाकाे स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजले नियमित उडानकाे माग राखेका थिए । साेही बमोजिम समिट एयर,तारा एयर र सिता एयरले नियमित उडान सञ्चालन गर्न सुरु गरेकाे छन् ।
रामेछाप–लुक्ला दैनिक ५० – ६० वटा उडान हुनेभए पनि रामेछाप–काठमाडौं उडान भने उडान हुने गरेकाे थिएन ।यही असोज १७,१८ गतेको भारी वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध भएपछि स्थानियले रामेछाप – काठमाडौं सहज आवतजावतका लागि हवाई सेवा सुरु गर्न माग गरिएका थिए । उक्त मागलाई विमान कम्पनीहरूले सम्वाेधन गर्दै नियमित उडान गर्ने भएबा हुन् ।
मन्थलीबाट बिपी राजमार्ग हुँदै काठमाडौं जाने छाेटाे दूरीकाे सडक मार्ग अबरुद्ध भएपछि चरिकोट हुँदै जाने लामाे दुरीकाे सडक प्रयाेग गर्न बाध्य भएकाे थिए । सडक मार्ग पटक -पटक अवरुद्ध भइराख्ने हुदा यात्रामा समस्या झेल्नु पर्ने भएकाले हवाइ सेवा सञ्चालनकाे माग राखेका थिए ।
साेही कारण आजदेखी नियमित उडान सुरु भएसँगै प्रत्येक बुधबार समिट एयर, शुक्रबार सिता एयर, र शनिबार तारा एयरले रामेछाप काठमाडौ उडान गर्ने नागरिक उड्डयन कार्यालय रामेछापले जनाएकाे छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस