तामाकोशीमा बाढीजन्य जोखिम उद्धार अभ्यास
रामेछाप – तामाकोशीमा ठुलो बाढी आउदा मन्थली २ करमबोटको एउटा घर बगाउछ । उक्त घरमा रहेका ५ बाढी सगै बग्छन् । बाढीले बगाएको घर अनि मानिसलाई रामेछाप विमानस्थल भन्दा तल पुगेपछि बल्ल उद्धार हुन्छ । त्यस बेला सम्म २ जनाको ज्यान गइसकेको हुन्छ । अरु ३ जनाको घाईते अवस्थामा उद्धार गरेर उपचार गराईन्छ ।
यो बास्तविक घटना हैन । जिल्ला विपद व्यवस्थापन समिति रामेछापले तामाकोशी नदी तटिय क्षेत्रमा हुन सक्ने बाढीजन्य जोखिमको उद्धारका लागि मंगलबार जिल्ला विपद व्यवस्थापन समितिले गरेको उद्धार नमुना कार्य हो ।
समितिको आयोजनामा भएको उक्त नमुना उद्धार कार्यमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्वास्थ्यकर्मी परिचालन गरीएका थिए । सुरक्षाकर्मी लगाएत एम्बुलेन्स र शव वहान तैनाथि अवस्थामा थिए । उद्धारका लागि विभिन्न सामाग्रि र औषधिको व्यवस्था गरीएको थियो ।
कार्यक्रममा तामाकोशीमा बग्दै गरेको घर र मानिसलाई नेपाली सेना र सशस्त्र प्रहरी वलका तालिम प्राप्त उद्धारकर्मीले उद्धार गरेका थिए । उद्धार गरीएका घाईतेलाई नेपाल रेडक्रसका स्वयंसेवक र स्वास्थ्यकर्मीहरुले प्राथमिक उपचार गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख प्रेमवहादुर थापाले विपदका हिसावले उच्च जोखिममा परेकाको उद्धार र उपचारका लागि स्थानीय सरकारले जनशक्ति र सामाग्री तैनाथि अवस्थामा राख्नु पर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडिले विपद व्यवस्थापनका लागि लागि स्थानीय सरकारले यस प्रकारका तालिम, उद्धार र सामाग्रीको व्यवस्था गरीराख्ने, जोखिम क्षेत्रका पहिचान गर्ने, जोखिमजन्य अवस्थामा रहेका वस्ती स्थानानन्तरण गर्ने लगाएतका कार्यमा वेलैमानै योजना वनाएर कार्यक्रम कार्यान्वयनमा ल्याउनु पर्ने वताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस