रामेछापमा काँग्रेस पहिलो दल वन्यो
रामेछाप । नेपाली काँग्रेस रामेछापले स्थानीय निर्वाचनमा अरु दललाई उछिनेर पहिलो पार्टी भएको छ । जिल्लाका २ नगरपालिका र ६ गाँउ पालिकाका १६ मध्ये ७ प्रमुख उप प्रमुख जिताएको काँग्रेसले २४ वडा अध्यक्ष सहित बहुमत वडा सदस्य आफ्ना उम्मेदवारहरु विजयी भएको जनाएको छ ।
सोमबार नेपाली काँग्रेस रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नेपाली काँग्रेसले रामेछाप नगरपालिकामा प्रमुख र उप प्रमुख , गोकुलगंगा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, लिखु तामाकोशी गाउँपालिकामा अध्यक्ष र दोरम्बा शैलुङ र उमाकुण्ड गाउँपालिकामा उपाध्यक्ष पदमा विजय हासिल गरेको छ । त्यसैगरी रामेछापका ९ मध्ये ७ वटा वडा, गोकुलगंगाका ६ मध्ये ४ वडा, उमाकुण्डमा १ वडा, दोरम्बा शैलुङमा २ वडा, मन्थली नगरपालिकामा ६ वडा, खाँडादेविमा १ वडा र खाँडादेविमा १ वडामा वडा अध्यक्ष पद सहित अधिकांश सदस्य पदमा विजय हासिल गरेको पार्टी प्रवक्ता नारायणवहादुर बोगटीले जनाएका छन् ।
पत्रकार सम्मेलनमा जिल्ला सभापति पूर्णवहादुर तामाङ (कान्छाराम) ले काँग्रेसले गरेको संगठनका आधारमा थप उपलव्धि हासिल हुनुपर्नेमा केहि कमीकमजोरीले आशा गरे अनुसारको उपलव्धि हासिल हुन नसकेको वताए । जिम्मेवार साथिहरु लाग्दा लाग्दै निर्वाचनमा भोग्नु परेको पराजयको भागिदार आफैले लिने उनले वताए । तामाङले काँग्रेसबाट निर्वाचित पदाधिकारीले पार्टीको घोषणा पत्रलाई सिरोपर राखेर जनताको सेवा गर्ने विश्वास व्यक्त गरे । उनले अव कार्यपालिकाको गठनमा पार्टीको ध्यान केन्द्रीत भएको र त्यसपछि मात्र जिल्ला समन्वयको बारेमा सोच्ने वताए ।
कार्यक्रममा उप सभापति लेखवहादुर कार्कीले संगठन राम्रो भएको र जित्ने आशा गरेका स्थानमा पार्टीको पराजयको कारण बारे जिम्मेवार साथिले पार्टीमा प्रतिवेदन पेश गरेपछि छलफल गरेर अघी बढ्ने वताए । अहिलेनै कसैले अन्तरघाट ग¥यो भन्दैमा कारवाहिको कुरा गर्नु हतार हुन्छ कार्कीले भने । उनले स्थानीय तहको निर्वाचनमा पार्टीलाई मत दिएर जिताउने आम मतदाता, संचारकर्मी र सुरक्षाकर्मी लगाएतका राष्ट्रसेवक लाई धन्यवाद समेत दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- २ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ३ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ४ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ५ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ६ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ७ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ८ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी















प्रतिक्रिया दिनुहोस