सुनापतिमा माओवादी केन्द्रको अग्रता
रामेछाप – रामेछापको सुनापति गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनापतिमा माओवादी केन्द्रका ठुलो कान्छा तामाङले ६७ मत ल्याएर अग्रता वनाएका हुन । नेपाली का“ग्रेसका कमान खड्का ( जितेन्द्र ) ६५ मतका साथ दोश्रो र नेकपा एमालेका ज्ञानकुमार योञ्जन ४३ मत सहित तेश्रो स्थानमा रहेका छन् ।
यसैगरी उपाध्यक्षमा समेत माओवादी केन्द्रकी गीता विष्टले अग्रता लिएकी छिन । विष्टले ७८ मत पाउददा काँगे्रसकी शान्ति मोक्तानले ५९ मत र एमालेकी रीता कुमारी ढुंगेल गौतमले ३८ मत पाएकी छिन् । उक्त वडामा माओवादी केन्द्र र नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवारहरुले समान ६७ मत पाएका छन् । एमालेका वडा अध्यक्षका उम्मेदवारले ३८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ५ वटा वडा रहेको उत्तः गाउँपालिकामा वडा नम्बर १ गुन्सीबाट मतगणना थालिएको हो । उक्त पालिकामा यस अघी माओवादी केन्द्रले सवै पदाधिकारी जितेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस