रामेछाप काँग्रेस घर घर जाउँ अभियानमा
रामेछाप । नेपाली काँग्रेसले ‘घर घर जाउँ काँग्रेस जिताऔं ’ अभियानबाट एकै साथ विभिन्न विषयलाई गाउँ तह सम्म पु¥याउन थालेको छ ।
अभियानले काँग्रेसका जिल्ला स्तरका नेताको मात्र नभै स्थानीय स्तरमा रहेका क्रियासिल कार्यकर्ताहरुको सक्रियता पनि बढाएको छ । नेपाली काँग्रेस रामेछापका सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) भन्छन – अभियानमा स्थानीय स्तरका विकास निर्माण र स्थानीय सरकारले गरेका कमीकमजोरी केलाउने, संठगन सुधारका उपायहरुका बारेमा कार्यकर्ताहरुबाट राय लिने र बर्षौ सम्म अधुरा रहेका योजना पुरा गराई नागरीकलाई सेवा सुविधा दिने विषयमा छलफल केन्द्रीत हुन थालेको छ ।
उनले पार्टीको आन्तरिक जिवनमा कोहि कसैबाट कुनै बेला कमीकमजोरी हुनु स्वभाविक भएको भन्दै त्यसलाई सुधार गरेर सवैको एकता प्रदर्शन गर्ने वताए । आफ्नो व्यक्तीगत तुषलाई लुकाएर भएपनि सवैले संगठनलाई सर्बोपरि ठान्नु पर्ने तामाङले वताए । ‘मैले घर व्यवहार त्यागेर संगठनको खातिर समय दिएको छु ’ तामाङले भने सवैले खट्यौं भने काँग्रेस मजवुद हुने र आसन्न निर्वाचनमा सवै तहमा विजय हासिल गर्न सक्छौं ।
‘यो अभियान विशिष्ट शैलीको छ ’ उपसभापति लेखवहादुर कार्की भन्छन् – हामीले पार्टीको कुरा लगाएत एमसिसी अनुमोदन र यसका सवालहरुलाई तल्लो तहमा रहेका नेता कार्यकर्ताका साथै आम मतदातालाई वुझाउने छौं । सोमबार मन्थलीमा पत्रकार सम्मेलन गर्दै काँग्रेसले अभियानका अतिरीक्त विभिन्न स्थानीय तहमै पुगेर ८ पटक जिल्ला समितिको बैठक गर्नुका साथै कार्यकर्ता विच अन्तरक्रिया गरेको र उक्त अवधिमा २ हजार भन्दा बढी विभिन्न पार्टीका कार्यकर्ता काँग्रेसमा प्रवेश गराएको उल्लेख छ । पत्रकार सम्मेलनमा प्रवक्ता नारायणवहादुर बोगटीले घर घर जाउँ काँग्रेस जिताऔं अभियान संचालनका लागि जिल्लाका विभिन्न स्थानीय तहमा नेता कार्यकर्ता परिचालन भइसकेको वताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस