झुक्याएर पार्टी प्रवेश गराएकोमा मगरको आपत्ति
रामेछाप । स्वास्थ्य शिविर भएको भनि झुक्याएर एमाले सभामा लगी जवरजस्ती पार्टी प्रवेश गराएको भन्दै नेपाली काँग्रेसकी राधा मगरले आपत्ति जनाएकी छिन् ।
मलाई स्वास्थ्य शिविर छ, भनेर एमालेको कार्यक्रममा नियोजित रुपमा लाने र जवरजस्ती पार्टी प्रवेश भयो भनेर नाम बोलाउने काम भएको छ मगरले भनिन् – सो कार्यको म घोर भत्र्सना गर्दछु । उनले आफु नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि भएको र कहि कतै विचलित नभै सोहि पार्टीमा रहेको दावि गरेकी छिन् ।
बुधबार नागदहमा आयोजित कार्यक्रममा एमालेले मगर लगाएतका कार्यकर्तालाई एमाले प्रवेश गरेको भनेर प्रचार गरेको थियो ।
यसैविच नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिका ५ नम्बर वडा समितिका अध्यक्ष रोमवहादुर तामाङले विहिबार विज्ञप्ति जारी गरी नेकपा एमालेले झुक्याएर आत्मा सम्मानमा चोट पु¥याएको भन्दै मगर आफ्नै पार्टीमा क्रियाशिल रहेको जनाएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस