सार्वजनिक सुनुवाईमा नगन्य सहभागिता
रामेछाप – सुनापति गाउँपालिकाले आईतबार आयोजना गरेको सार्वजनिक सुनुवाईमा गाउँपालिकामा वसोवास गर्ने सर्वसाधारण नागरिकको उपस्थिति न्यून देखिएको छ ।
गाउँपालिकाले दिने सेवा र विकास निर्माणका कुरामा जानकारी लिने र चासो राख्ने थलोको रुपमा अघी सारिएको उक्त कार्यक्रममा सर्वसाधारण नागरिकको सहभागिता यो पटक मात्र हैन, अघील्ला कार्यक्रममा पनि न्यून हुने गरेको थियो ।
कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको बाहुल्यता थियो । सर्वसाधारणले पालिकाको कार्यका बारेमा प्रश्न गर्नुपर्ने उक्त सभामा जनप्रतिनिधिलेनै जवाफ खोजेका थिए । केहि वडा सदस्यले एक पटक मात्र हैन, पटक पटक प्रश्न सोधेका थिए । तर नागरिक तह बाट प्रश्न सोध्नेहरु एकाध मात्र थिए ।
गाउँपालिकाको कार्यालयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाबाट विकास निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि तथा पर्यटन क्षेत्रमा भए गरेका विभिन्न कार्यक्रमहरुको बारेमा प्रकाश पारिएको थियो । उक्त गाउँपालिकाले चालु आर्थिक बर्षमा विभिन्न १ सय २८ वटा योजनाहरु संचालन गर्ने निर्णय भएकोमा अधिकांश कार्यान्वयन चरणमा गएको सार्वजनिक सुनुवाई कार्यक्रममा जनाइएको थियो ।
गाउँपालिकामा भएका विकास निर्माण कार्यक्रम प्रति स्थानीय नागरिकहरुले हाकाहाकी सवालहरु गरेका थिए । उपभोक्ता समिति गठन लगाएतका कार्यमा नागरिकले समयमानै सूचना नपाउने गरेको, क्षतिग्रस्त पूर्वाधारहरुको मर्मत संभार समयमा हुन नसकेका, विपद पिडितलाई समयमानै राहत उपलव्ध गराउन नसकेको जस्ता गुनासोहरु सर्वसाधारणले गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालहरुको गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ , प्रमुख प्रशासकिय अधिकृत दिलकृष्ण श्रेष्ठ र वडा अध्यक्ष लगाएतले जवाफ दिएका थिए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट चौलागाईले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेकी थिईन । कार्यक्रमकाे सहजिकरण सान नेपाले गरेकाे थियाे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस