बस दुर्घटनामा १३ घाईते

रामेछाप – रामेछापको खाँडादेवि ७ बाट काठमाण्डौं जादै गरेको बा ३ ख ४०४८ नम्बरको यात्रुबाहक बस आईतवार खाँडादेवि ३ भिरपानीको सित्खा नजिकै दुर्घटनामा भएको छ । दुर्घटनामा १३ जना यात्रु घाईते भएका छन् । बसमा करिव ३० जना यात्रु रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिङका अनुसार ओरालो जादै गर्दा घुम्ती काट्न नसकेर बस दुर्घटनामा परेको हो । दुर्घटनास्थलबाट घाईतेको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । घाईते मध्ये १ को अवस्था गम्भिर छ । सामान्य घाईतेको सित्खामा उपचार भइरहेको छ । दशैंमा यात्रु लिएर आएको बस तिनै यात्रुहरुलाई लिएर फर्केको थियो । दुर्घटना भएको बसका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अघी बढाएको छ । चालक भने फरार रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ रसुवामा आएकाे बाढीमा १५ जना बेपत्ता
- २ प्रशासनले सार्वजनिक गरेकाे क्यूआर काेडमा आउन थाले उजुरी
- ३ नवलपरासीमा बसको ठक्कर बाट दुई युवककाे मृत्यु
- ४ प्रवताराेही पाण्डेलाई गाउँपालिकाद्वारा आराेहणमा आवस्यक सामग्री प्रदान
- ५ खुर्काेटकाे पुलमा निगरानी बढाइने,
- ६ गाेकुलगंगाकाे पलाते खाेलामा डुबेर गुल्मीकाे बुढाथोकीकाे मृत्युु
- ७ शिक्षकलाई राजनिती नगर्न पुर्व उर्जा राज्य मन्त्री तामाङकाे अनुरोध
- ८ पुर्व राष्ट्रपति भण्डारीले सरकारी सुविधा फिर्ता गर्ने
प्रतिक्रिया दिनुहोस