बस दुर्घटनामा १३ घाईते
रामेछाप – रामेछापको खाँडादेवि ७ बाट काठमाण्डौं जादै गरेको बा ३ ख ४०४८ नम्बरको यात्रुबाहक बस आईतवार खाँडादेवि ३ भिरपानीको सित्खा नजिकै दुर्घटनामा भएको छ । दुर्घटनामा १३ जना यात्रु घाईते भएका छन् । बसमा करिव ३० जना यात्रु रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिङका अनुसार ओरालो जादै गर्दा घुम्ती काट्न नसकेर बस दुर्घटनामा परेको हो । दुर्घटनास्थलबाट घाईतेको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । घाईते मध्ये १ को अवस्था गम्भिर छ । सामान्य घाईतेको सित्खामा उपचार भइरहेको छ । दशैंमा यात्रु लिएर आएको बस तिनै यात्रुहरुलाई लिएर फर्केको थियो । दुर्घटना भएको बसका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अघी बढाएको छ । चालक भने फरार रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- २ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ३ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ४ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ५ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ६ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ७ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ८ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ













प्रतिक्रिया दिनुहोस