मन्थली काठमाण्डौं नियमित उडान सुरु
रामेछाप – मन्थली काठमाण्डौं हवाई उडान अब नियमित सञ्चालन संचालन हुने भएकाे छ । नागरिक उड्डयन प्राधिकरण रामेछापका अनुसार मन्थली काठमाण्डौं नियमित उडान हुने भएकाे हाे ।
नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख हिरन शाहका अनुसार तारा इयरलाईन्स र समिटले आगामी एक महिना नियमित उडान गर्ने तालीका उपलब्ध गराएर नियमित उडान गर्न लागेकाे जानकारी दिएका छन् ।
प्राधिकरणलाई उपलब्ध तालिका बमोजिम समिट एयरलाइन्सले हप्तामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार उडान गर्ने छ भने तारा एयरलाइन्सले हप्तामा तीन दिन मङ्गलबार ,बिहीबार र शनिवार उडान गर्ने प्राधिकरण रामेछापका प्रमुख शाहले जानकारी दिए ।
त्यसैगरी समिट एयरलाइन्सले काठमाडौँ बाट मन्थलीका लागि दिउसाे २ बजे र मन्थली बाट काठमाण्डौंका लागि २ः३५ बजे उडान भर्ने तालिका रहेकाे छ । त्यस्तै तारा एयरलाइन्सले काठमाण्डौं बाट मन्थलीका लागि २ः४० मा र मन्थलीबाट काठमाडौका लागि ३ः०५ बजे उडान भर्ने भएको छ ।
क्याटेगोरी : business, समाचार
ताजा अपडेट
- १ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- २ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ३ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ४ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ५ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ६ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ७ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ८ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन















प्रतिक्रिया दिनुहोस