माछा हैन, लेउ आउछ जालमा
रामेछाप – बिहिबार बेलुका तामाकोशीमा पसेर बलवहादुर माझीले माछाको लागि टांगेको छुटा जालमा माछा परेन । बरु केहि लेउ लिएर जाल फर्किएको छ । झिस्मिसे विहानीमा माछा सहितको जाल झिक्न उनी फेरी तामाकोशीमा पसे । ‘माछा पर्ला भन्ने आशा थियो तर परेन ’ माझीले भने – मेरो छुटा जालमा लेउ पो परेछ ।
तामाकोशीमा अचेल पानीको मात्रा घरीघरी थपघट भइरहन्छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जलासय खोल्दा बाढी आउने भएकाले नदीले छेउ वगाएर ल्याउने गरेको छ । माझीको छुटामा हरियै लेउ टांसिएर वस्यो, माछा वसेन । झण्डै १० वटा छुटा जाल फिजाएर सुतेका स्थानीय युवाहरुले शुक्रबार विहान बल्ल तल्ल ३ केजि जति माछा वनाउन सके ।
परम्परा देखी माछा मार्दै आएका माझीहरु उक्त कार्यलाई आफ्नो पेशा भन्नमा गर्व गर्छन् । तर जातिय रुपमा गर्विलो उक्त पेशा अहिले संकटमा छ । माछा पनि संकटमा परेका छन् । दश बर्ष अघि जस्तो माछाको लस्कर तामाकोशीमा छैन् । ‘पहिले केहि अवधिमानै चाहेको जति माछा मार्न सकिन्थ्यो ’ सेलेघाटका मानवहादुर माझी भन्छन् – अहिले रातभरी कोशिमा जाल राख्दा विहान रित्तो आउछ , माछा पर्दैन , लेउको लहरा पर्छ ।
जलवायुको तिव्र परिवर्तन एकातिर होला अर्का तिर विभिन्न रासायनिक पदार्थ नदिमा मिसीदा माछा नासिदै गएको अनुमान स्थानीय नवराज माझीले वताए । माझीले जाल मात्र हान्थे, तर अहिले विभिन्न प्रकारका विसालु पदार्थ हालेर माछा मार्ने अनि करेण्ट लगाउने चलनले माछानै लोप भयो उनले भने । प्रहरीले कहिले कांहि करेण्ट लगाउनका लागि प्रयोग भएको व्याट्री , रड खोस्छ । सधैं प्रहरीले निगरानी गर्न पनि गाह्रो नगर्दा फेरी करेण्ट लगाईहाल्छन् ।
माझीको घरमा पहिले माछा ट्टदैनथ्यो । माछा र माझी एक अर्काको पर्याय जस्तै थिए । केहि भएन भने पनि माछा हुन्थ्यो । नबराज भन्छन् – अहिले माझीले माछा खान धौ धौ छ । कयौंका घरमा महिनौ सम्म पनि माछा पस्दैन । माझीले पनि तराईका माछा खानुपर्ने दिन आएको देख्खा उनैलाई अचम्म लाग्छ ।
अभाव सगैं माछाको भाउ समेत उकालिएको छ । अहिले तामाकोशीका माछा प्रति केजि १ हजार २ सय रुपैयामा खरिद विक्री हुने गरेको छ । लोकल माछा खोजि गर्ने ग्राहक विहानै नदी किनारमा पुग्छन् । वजारको चिन्ता छैन् । काब्रे, असला , कत्ले लगाएतका माछाको बेग्ला बेग्लै भाउ भने छैन् । सवै एकै भाउमा विक्री हुन्छन् । ‘माछा परिदिए त माझीलाई अर्को पेशा गरीरहनु पर्दैनथ्यो ’ बलवहादुर भन्छन् – आजकै जस्तो जाल रित्तो वस्यो भने के खानु ? ।
माछा सकिन थालेपछि रामेछापको तामाकोशी र सुनकोशी किनारमा वसोवास गर्ने माझीले वैकल्पिक पेशा अगाल्न थालेका छन् । कोहिले गाडि चलाउछन्, कोहि सेना प्रहरीमा पुगेका छन् । सेलेघाटकै सुशिल माझीले भने – वैदेशिक रोजगारीमा जाने पनि उत्तिकै छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ गए राति १२ बजेदेखि मौन अवधि सुरु
- २ रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
- ३ कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
- ४ उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस
- ५ कांग्रेसकाे चुनावी अभियान प्रभावकारी बनाउन वडा स्तरमा समिति बिस्तार
- ६ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- ७ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ८ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त















प्रतिक्रिया दिनुहोस