कौसीमा कागति
रामेछाप । घरको कौसी कसै कसैले १/२ वटा बोट कागति फलाएको धेरैले देखेका छौं । तर कौसीभरी कागतिको बगैंचा चाँहि कमैले देखेको हुनुपर्छ ।
मन्थलीका व्यवसायी तेजवहादुर कार्कीले सौखका लागि घरको कौसीमा कागति वगैंचा वनाएका छन् । उनको कौशी बगैंचामा रहर लाग्दा कागति मौलाए पछि अरुलाई पनि आरिस लाग्न थालेको छ । स्याहार पुगेकोले एउटै बोटमा फुल फूल्दै , फल्दै र पाकेको कागति कार्कीकोमा देख्न पाईन्छ ।
कार्कीले केहि बर्ष अघी एउटा विग्रीएको फ्रिजमा माटो भरेर कागती रोपेका थिए । उक्त कागति यति फल्यो कि, त्यसलेनै उनलाई मात्र हैन, आसपासका छिमेकीलाई पनि दिन पुग्यो । अक्सर ८÷९ महिना सम्म उनको कागतिले फल दिएपछि कार्की अरु कागति रोप्न उत्साहित हुदै गएका हुन् ।
प्लाष्टिकका ड्रम काटेर आधा वनाई त्यसमा मल माटो भरेर कार्कीले कागति रोप्दै गए । अहिले उनको कौसीमा १४ वोट कागति छन् । सवै कागति फुलेका र फलेका छन् । कागति सगैं उनले विस्तारै ड्राइगनफ्रुट पनि लगाएका छन् । ९ महिना अघी लगाएको उक्त विरुवा रहरलाग्दो भएपनि फेरी उनले तराईबाट थप विरुवा ल्याएर भर्खर रोपेका छन् । फलफुलका अतिरीक्त लसुन, प्याज र आलु उनको कौशीमा सदावाहरनै हुन्छ । ‘एउटै बोट आलुबाट १ धार्नी सम्म भयो’ कार्कीले भने ।
मन्थली १ का तेजवहादुर कार्की पेशाले जिल्लाकै ठुलो थोक व्यवसायी हुन । उनले रामेछाप , दोलखा र ओखलढुंगामा खाद्यान्नको सामाग्री विक्री वितरण गर्ने गर्छन् । विहान वेलुका छतमा उनी र उनी परिवार कागति र अन्य फलफुलको स्याहारमा लाग्छ ।
घरको पाचौं तलामा कागति बगैंचा नजिकै उनको भान्सा छ । भान्सा नजिकै रोपिएका कागति घारीमा उनी वस्छन् । ‘धेरै आनन्द आउछ, रुख नजिकै वस्दा ’ कार्कीले भने – बेग्लै हावा र वास्ना ।
कार्कीले लगाएको कागतिको जात ‘सुन कागति’ हो । उक्त कागति लगाएको १ बर्षमानै फल्ने गरेको उनले वताए । कार्कीको घरको कौसीमा कागति सप्रेपछि मन्थलीका अरु व्यवसायीले पनि कौसीमा कागति रोप्न थालेका छन् । ‘मैले २ बोट लगाएको छु, मलाई त्यसैले कागतिको खाँचो टारेको छ’ स्थानीय दिपक सापकोटाले भने ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- २ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ३ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ४ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ५ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ६ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ७ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ८ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास















प्रतिक्रिया दिनुहोस