• काेसिस न्यूज
  • ५५ किलोमिटर सडकमा १० टन सामान ढुवानी गर्न २ दिन


    रामेछाप । ५५ किलोमिटर पक्कि सडकमा १० टन सामान बोकेर गुड्ने ट्रकलाई २ दिन समय लाग्छ भन्दा धेरैले विश्वास गर्दैनन् । तर पूर्वि पहाडि जिल्ला रामेछापमा ५ बर्ष देखि यहि बाध्यकारी नियममा ढुवानी व्यवसायी पिल्सिएका छन् ।
    ढुवानीका साधनमा आकार र समय सिण्डीकेट लागेपछि रामेछापमा खाद्यान्न र निर्माण सामाग्रि महंगिएका छन् । विपी राजमार्गमा गुड्ने ढुवानीका साधनलाई सिन्धुली प्रशासनले समय र साधनको आकारमा पांच बर्ष देखि सिण्डिकेट लगाउदै आएको छ । सिण्डीकेटका कारण व्यवसायीले चाहेको बेला चाहेको परिमाणमा मालसामान ढुवानी गर्न सक्दैनन् भने उपभोक्ताले महंगोमा सामान खरिद गर्नुपर्ने बाध्यता छ ।
    विपी राजमार्गको सिन्धुली देखि खुर्कोट सम्म ठुला ढुवानीका साधन ( दश चक्के , बाह्र चक्के ) चल्न पाउदैनन् । साना आकारका साधन मात्र गुड्न दिदा“ रामेछाप तर्फ तराई बाट आउने खाद्यान्न र निर्माण सामाग्रिको ढुवानीमा प्रति केजि १ रुपैया सम्म महंगो पर्ने गरेको छ । ‘सामानमा महंगो त छदैछ, हामीले चाहेको बेला राजमार्गमा उनिहरुले तोकेका गाडि गुडाउन समेत पाउदैनौं ’ रामेछाप उद्योग वाणिज्य महासंघका महासचिव नबराज ढुंगेल भन्छन् – यो अव्यवहारिक सिण्डिकेटले रामेछापका व्यवसायी र उपभोक्ता दुवै हैरानीमा छन् ।
    व्यवसायीले विरगञ्ज, विराटनगर र जनकपुर जस्ता ठुला औद्योगिक शहरबाट खाद्यान्न र निर्माण सामाग्री ठुलो आकारका ( धेरै बोक्ने ) ट्रकमा ल्याउने गर्छन । ठुला ट्रक लाई सिन्धुली सम्म मात्र संचालनको अनुमति भएकाले त्यहि सामान झार्नुपर्ने बाध्यता व्यवसायीलाई छ । ठुला ट्रकबाट झारेका सामान ६ चक्के साना ट्रकमा हालेर रामेछाप तर्फ ल्याउने गरीएको छ । यसो गर्दा ढुवानी ज्याला , सिन्धुलीको गोदाम भाडा, झार्दा र चढाउदाको ज्यामी खर्च बढने ढुंगेलले वताए ।
    रामेछाप उद्योग वाणिज्य संघ र तामाकोशी ढुवानी समिति रामेछापले रामेछापमा खाद्यान्न र निर्माण सामाग्रीको ढुवानीमा परेको असरका बारेमा यस अघी पटक पटक संघीय प्रदेश र स्थानीय तहका सरकारलाई जानकारी गराउदै सहज आपूर्ति व्यवस्थाका लागि आग्रह गर्दै आएका छन् । तर सरकारी निकाय टसमस भएको छैन । मन्त्री र उच्च नेताहरु जिल्लामा आउदा व्यवसायीले व्यवसायीको एउटै मुद्धा सिन्धुलीको ढुवानी हुने गरेको भएपनि उक्त समस्या समाधानमा उनीहरु फर्के पछि ध्यान नदिएको गुनासो रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेले वताए ।
    सरकारले विपी राजमार्ग सा“ंघुरो भएकाले ठुला ढुवानीका साधनमा रोक लगाएको जानकारी व्यवसायीहरुलाई गराएको छ । तर व्यवसायीले ठुला भनेका भन्दा पनि ज्यादा सामान बोकेर आउने जलविद्युत आयोजनाका मालवाहक साधनलाई भने विना रोकटोक विपी राजमार्गमा मन लागेको बेला गुड्न दिएको छ । तामाकोशी ढुवानी समितिका अध्यक्ष नविन कार्की भन्छन् – सडक त्यहि हो, ठुला व्यवसायीले नाफा खान वनाएका आयोजनाको ट्रक गुड्ने तर सर्वसाधारणले खाने दालभात वनाउने सामाग्री बोक्ने गाडि गुड्न नदिने विभेदकारी नियमको सिकार भइएको छ । नेपाल सरकारको भौतिक योजना तथा निर्माण मन्त्रालयले सडकको अवस्था र दिनमा हुने यातायातको साधनको चापलाई ध्यान दिएर उक्त निर्णय गरीएको जनाएको छ ।
    ठुला साधन रोके पनि बढीमा १० टन सामान बोकेर आउने ६ चक्के ट्रक समेत सिन्धुली प्रशासनले चाहेको बेला गुड्न दिदैन । रामेछाप तर्फबाट सिन्धुली र सिन्धुली बाट रामेछाप तर्फ आउने जाने ट्रकले दिउंसो राजमार्गमा गुड्न पाउदैनन् । राती ८ बजे पछि र विहान ५ बजे अघीनै खुर्कोट–सिन्धुली खण्डमा गुड्नु पर्ने बाध्यकारी नियम लादिएको गुनासो कार्कीले गरेका छन् ।
    सिन्धुली प्रशासनले बिपी राजमार्गको खुर्कोट–सिन्धुली खण्डमा राति मात्र मालवाहक ट्रक चल्न दिने विभेदकारी नियमका कारण सिन्धुलीबाट जम्मा ५५ किलोमिटर मात्र टाढाको रामेछापको सदरमुकाम मन्थली सम्म एक गाडि सामान झार्न २ दिन लाग्छ । ‘सहज आवागमन गर्नदिएको खण्डमा हरेक दिन सिन्धुली र तराईका अन्य जिल्लाबाट १ गाडि सामान झार्न सकिने अवस्था थियो ’ रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेश उदासले भने – अहिले दिनभरी ट्रक घाम तापेर वस्ने गरेका छन् ।
    उदासका अनुसार सिन्धुलीको सिण्डिकेटका कारण सामान बोक्न मात्र नभै वेलुका ६ बजे देखि भाडाका यात्रुवाहक सवारी साधनलाई समेत रोकेर सर्वसाधारणलाई हैरानी भइरहेको छ । भाडाका यात्रुवाहक साधनलाई सिन्धुली देखि मन्थली सम्मको दुरी पार गर्न जम्मा डेढ घण्टा लाग्छ । जवकि सांझ ६ वजेनै सिन्धुलीले रोक्दा सर्वसाधारणहरु घर पुग्ने समय हुदा हुदै पनि खर्च पिटेर सिन्धुलीमा वस्नु पर्ने बाध्यतामा परेका छन् । यात्रुवाहक साधनलाई सिन्धुलीले विपीराजमार्गको खुर्कोट देखि नेपाल थोक सम्म टाईम कार्ड लगाएर अर्को हैरानी दिदै आएको छ ।


    क्याटेगोरी : अर्थ, समाचार

    प्रतिक्रिया दिनुहोस