• काेसिस न्यूज
  • उमातिर्थ धार्मिक पर्यटकीयस्थल एक चिनारी


    राेकट वस्नेत

    पृष्ठभूमि
    उमातिर्थ रामेछाप जिल्लाको उत्तरी क्षेत्रमा उमाकुण्ड गाउँपालिकाको वडा नं. १ को गुम्देलमा पर्दछ । ६९०० मिटर उचाइको नुम्बुर हिमालको आसपासमा रहेका विभिन्न हिमाल तथा हिमचुचुराहरुबाटनिस्केको पानी जम्मा भएर बनेका नुप्चेखोला र हिमगंगाको संगमस्थलमा हिन्दू तथाबौद्ध धर्मालम्बीहरुको पवित्र तिर्थस्थल उमातिर्थ रहेको छ । सप्तकोसी मध्येको एउटा कोसी लिखु खोलाको उत्पत्ति स्थल पनि यही नै हो । यो तिर्थस्थल समुद्र सतहबाट २२४५ मिटर उचाइमा रहेको छ । हिन्दु परम्परा अनुसार लिखु नदीको पूजागर्दा यस नदीलाई हिमगंगा–लिखुरीमाई भनेर पुकारिएको पाइन्छ । पौराणिक कथन अनुसार हिमालय पर्वत बाट निस्किएका पाँचगंगाहरु (आदिगङ्गा, ब्रह्मगङ्गा, उत्तरगङ्गा,हिमगङ्गा र लिखुमिलेर लिखुनदी नामाकरण भएको हो । उमातिर्थलाई उमाकुण्ड, उत्तरगया,हिमालय काँसी भनेर सम्बोधन गरेको पाइन्छ । नेपालमा संघीयता लागू भएपछि रामेछाप जिल्लाको उत्तरी क्षेत्रको लिखु जलाधार क्षेत्रमा पर्ने गुम्देल, बाम्तीभण्डार, कुबुकाँस्थली, प्रिति, गुप्तेश्वर र भुजी गाविसहरुलाई समावेश गरेर यही पवित्र तिर्थस्थल उमाकुण्डको नाम बाट गाउँपालिकाको नामाकरण गरिएको हो ।
    धर्मालम्बीहरुको दृष्टिमा उमातिर्थ ÷उमाकुण्ड
    ‘सर्वानीतिर्थानीवसन्तीतत्र……. उमातिर्थ हिन्दू र बौद्ध धर्मालम्बीहरुको पावन र पवित्र तिर्थस्थल हो । शिव पुराणको हिमवत् खण्डमा यसको वर्णन गरेको छ । स्कन्ध पुराणको नेपाल महात्म्यको हिमालय खण्डमा यसको वर्णन गरिएको छ । त्यस्तैगरी वामन पुराणको ७७ अध्यायमा उमातिर्थ क्षेत्रको वर्णन गरिएको छ । स्कन्ध पुराणमा उल्लेख भएको महादेवको ससुराको घर अर्थात सतिदेवीको मृत्यु पछि
    पार्वती (उमा) ले हिमालय पर्वतकी पुत्रीका रुपमा मेनुकाको कोखबाट जन्म लिइन् भनेर वर्णन गरिएको छ । सो वर्णन गरिएको हिमालय पर्वत यही उमातिर्थ भन्दा माथिको हिमालय क्षेत्र नै हो भन्ने जनधारणा रहेको छ । श्री स्वथानी ब्रतकथामा वर्णन भए अनुसार हिमालय पर्वतकी पुत्री उमाले महादेव स्वामी पाऊँ भनी शिवलिङ्ग बनाई व्रत गरेको क्षेत्र भएकाले यस क्षेत्रको नाम उमातिर्थ र नदीको संगम स्थलमा रहेको कुण्डलाई उमाकुण्ड भनिएको किम्बदन्ती छ । सबै पुराणहरुमा यस पावन तिर्थस्थलको वर्णन छ । मातातिर्थ आँैसी, कुसेऔँसी, पौषेऔँसी, गाईतिहारे औँसी, बालाचतुर्दसी, शिवरात्रीमा नेपाल र भारतका विभिन्न स्थान बाट तिर्थालुहरु आएर उमाकुण्डमा स्नान गरी पितृहरुको श्राद्धगर्ने प्रचलन रहेको छ । श्रावणपूर्णिमा र धान्यपूर्णिमाका दिन स्थानीय क्षेत्रका पुरोहित, लामा, झाँक्रीहरु तथा टाढा टाढा बाट भक्तजनहरु आएर धुनी जगाएर रात्रीमा मेला लगाउने र सद्वीज छरेर फर्कने परम्परा रहेको पाईन्छ । हिन्दु परम्परा अनुसार पार्थिव शरिरको सद्गत् गर्दा रहने शेष (अस्तु) त्यही ल्याएर विसर्जन गर्ने परम्परा रहेकाले यसलाई उत्तर गया र हिमालय पर्वतको काखमा रहेको यस तिर्थमा श्राद्ध गरेमा पितृमोक्ष हुने मान्यता रहेकाले यस क्षेत्रलाई हिमालय काँसी भनिएको हो ।
    पर्यटकीय स्थलका रुपमा उमातिर्थ
    पर्यटकीय स्थलका रुपमा पनि यो क्षेत्र निकै महत्वपूर्ण छ । हिमाली क्षेत्रमा पाईने जैविक विविधता र वानस्पतिक विविधता यहाँ देख्न पाइन्छ । रामेछाप जिल्लाको शिवालय, देउराली, थोदुङ्ग, सेर्दिङ्ग, गुम्देल, क्यामा, उमातिर्थ, ल्हछेवर हुँदै सोलुखुम्बुको दुधकुण्ड क्षेत्र निस्कने पर्यटकीय पदमार्ग (ट्रेकिङ्ग रुट) रहेको छ । उमातिर्थ नुम्बुर चिज सर्किट अन्तर्गत पर्दछ । मन्थली बाट धोवी, लोफ्र्रा,भित्तरी खानी, तामे, लाप्चाने, बाम्तीभण्डार, गुम्देल, क्यामा उमातिर्थ छेवर हँदै काङ्गछ्योर्तेन (काउ गुम्बा)सम्मको पर्यापर्यटन तथा धार्मिक पर्यटनको लागि प्रशस्त सम्भावनाहरु रहेका छन् । हिमालय क्षेत्रमा बसेर लिने आनन्द, योग तथाध्यान स्थल, वैदिक र पौराणिक ग्रन्थहरुको अध्ययन स्थलका रुपमा पनि यस क्षेत्रलाई विकास गर्न सकिन्छ । नदीहरुको संगमस्थलको नजिकको जमिनमा क्रिष्टल यूवाक्लबले जिविस रामेछापको सहयोगमा मन्दिर बनाएको छ । त्यस मन्दिरमा तिर्थालुहरुले पूजाआजागर्ने गर्दछन् । त्यसको वरिपरि घनाजंगल छ । मृग, घोरल, कस्तुरी, थार, झारल, भालु, चितुवा, बाँदर, स्याल, लोखर्के, खरायो, रेडपाण्डा लगायतका थुप्रै जनावरहरु त्यस क्षेत्रमा देख्न पाइन्छ । यस क्षेत्रमापाइने वनस्पतीहरुमा हिमाली क्षेत्रमा पाइने जडीबुटी र आयुर्वेदमा उल्लेख भएका औषधीजन्य आयुर्वेदिक वनस्पपतिहरु पनि पर्दछन् ।

    यो क्षेत्र गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्दछ । अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा रामेछाप उद्योग बाणिज्य संघले पर्यटकीय सम्भावनाको अध्ययन गरी नेपाल समाज सेवा संघले जटापोखरी, पाँचपोखरी जस्ता पवित्र हिमतालहरु, काङ्गछ्योतेँन(काउगुम्बा) उमाकुण्ड, सुम्दह, उमातिर्थ लगायतका पवित्र तिर्थस्थलहरुलाई समेटेर सन् २००९ मा नुम्बुर चिज सर्किट नामको पर्यटक पदमार्ग तयार गरेको छ । हिमाली जनजीवन र सँस्कृति, चौरीपालन , प्राकृतिक सौन्दर्यता, जैविक र वनस्पतिक विविधता, लिखु जलाधार, हिमश्रृङ्गखला, हिमताल र हिमाली क्षेत्रको सौन्दर्य र स्वच्छन्दता यस क्षेत्रको पर्यटनका आधार
    हरु हुन् ।

    विकासका लागि गर्नु पर्ने प्रयास र सम्भावनाहरु

    उमाकुण्ड गाउँपालिका, १ नं. वडा कार्यालय गु्म्देल, जिल्ला समन्वय समितिको कार्यालय रामेछाप, रामेछाप उद्योग वाणिज्य संघ, गौरीशंकर संरक्षण क्षेत्र, नुम्बुर चिज सर्किट, क्रिष्टल युवा क्लब, नेपाल समाज सेवा संघ, हिमगंगा लिखु त्रिवेणी उमातिर्थ पर्यटन विकास तथा मन्दिर संरक्षण समिति, लिखु–१ जलविद्युत परियोजना, नुप्चे–लिखु जलविद्युत परियोजना यस क्षेत्रको विकास र सम्भावनाको खोजीमा लागि परेका छन् । भौतिक पूर्वाधार र संरचना निर्माण तथाप्रचार–प्रसारको कमीका कारण यस क्षेत्रको पर्याप्त विकास हुन सकेको छैन । गुरु योजनाको अभावले केन्द्रीय योजना र प्रदेशका योजनामा उमातिर्थ पर्न सकेको छैन । भौतिक संरचना, तिर्थालुहरुका लागि आश्रम, धारो, शौचालय र पूजारीका लागि बासको व्यवस्थागर्न सकेमा यस क्षेत्रमाभारत लगायतका तिर्थालुहरु र आन्तरिक तथा बाह्यपर्यटक बढ्ने सम्भावना रहेको छ ।


    क्याटेगोरी : विचार, समाचार

    प्रतिक्रिया दिनुहोस