काँग्रेस अभियानमा देखिएको उभार र आसन्न निर्वाचन

अन्जान
काँग्रेसले यो बेला ‘घर घर जाऔं नेपाली काँग्रेसलाई जिताऔं ’ अभियान संचालन गर्दैछ । अभियान अन्तरगत यतिखेर काँग्रेस नेता तथा कार्यकर्ताहरु गाउँ गाउँमा पुगेका छन् ।
गएको स्थानीय निर्वाचनमा त्यति धेरै राम्रो परीणाम आफ्नो पक्षमा पार्न नसकेको काँग्रेसलाई आसन्न स्थानीय सरकारको निर्वाचन जित्नै पर्ने दवाव छ । त्यसैले पनि यस अघीको भन्दा भिन्न र मर्यादित अभियान संचालन गरेर काँग्रेस मतदाताको घर घरमा पुगेको छ । पुग्दै छ ।
काँग्रेस अभियानमा दुईटा कुरा मुख्य रुपमा देखा परेका छन् । पहिलो अभियानका लागि पार्टीका जिल्ला नेता देखि स्थानीय कार्यकर्ता समेत एकजुट भएका छन् । सक्रिय छन् र संयमित भएका छन् । सवैको एउटै चासो छ, अवको चुनाव काँग्रेसको पक्षमा पार्ने । त्यसैले बडो उभारका साथ काँग्रेसको अभियान संचालन भइरहेको छ । सवै नेता तथा कार्यकर्ताहरु तोकिएको थलोमा पुगेका छन् । कोहि कसैमा बैरभाव छैन् । अहिले गुट र उपगुटका कुरा छैनन् । काँग्रेसको आन्तरिक निर्वाचनमा पक्ष र विपक्ष भएर हिँडेका नेता कार्यकर्ताहरुले एकले अर्कोलाई सम्मान गरेका छन् । सवैको सबै प्रति हार्दिकता बढेको छ । सम्मान र मर्यादामा ख्याल पु¥याएका छन् ।
गाउँघरमा कार्यक्रम लिएर पुगेका काँग्रेसले आफ्ना कार्यकर्ता र मतदाता माझ आफ्ना कुरा राखेका छन् । नेपालमा कम्युनिष्टले शासनसत्ता संचालन गर्दाको बखत भएका भ्रष्टाचार, अनियमितता, सेटिङ, सत्ता कव्जा, संसद विघटन जस्ता असंबैधानिक कार्य लगाएतका कुरा खोतल्दैछन् । काँग्रेस र कम्प्युनिष्ट विचको भिन्नता बारेमा प्रष्ट वनाउदै आएका छन् । त्यसका अतिरीक्त एमसिसीका विषयमा छरिएका भ्रम चिर्ने काम गर्छन् । यो उनिहरुको दैनिक कार्यसुचि नै बनेको छ ।
दोश्रो काँग्रेस नेताहरु अभियान लिएर गाउँ पुग्दा मतदातामा एक प्रकारको उभार देखिएको छ । यसअघी न्यून उपस्थिति हुने स्थानमा धेरै ठुलो मतदाताको संख्या देखिन थालेका छन् । कार्यकर्ताहरु आफ्ना नेताहरु र मतदाता विचको दुरी छोट्याउनका लागि दिलोज्यान दिएर लागेका छन् । काँग्रेसले आफ्ना कुरा राख्दा कम्युनिष्ट नेतृत्वको सरकारबाट विकास नपाएका, रोजगारीबाट विमुख रहेका, शिक्षा स्वास्थ्य र विकास पूर्वाधारका काम माग्दा फरक व्यवहारको कोपभाजनमा परेका कार्यकर्ताहरु तालि पड्काउदै अवको मत काँग्रेसलाई दिने कुराको संन्देश दिइरहेका छन् । कार्यक्रममा आएका सर्वसाधारणले तालि मात्र वजाएका छैनन् , काँग्रेसको कुरा चित्त वुझाएर असंख्य मात्रामा पार्टी प्रदेश गरेका छन् ।
मतदाताको घर दैलोमा पुगेका काँग्रेसले स्थानीय मात्र हैन, प्रदेश र संघीय निर्वाचनमा पनि काँग्रेसलाई जिताउने संख्या रहेको निष्कर्ष निकालेका छन् । रामेछापकै सन्दर्भमा कुरा गर्दा काँग्रेस जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) लगाएतका जिल्ला स्तरीय नेताहरु संगठनको नाममा कयौं दिन सुतेका छैनन् । घर परिवार र पेशाबाट टाढा बसेर काँग्रेस जिताउने अभियानमा उनीहरु गाउँ दौडाहामा छन् । कान्छारामले जिल्ला सभापति निर्वाचित भएपछिे काँग्रेस जिल्ला कार्यसमितिको बैठक पालिका स्तरमा राखेर नौलो कामको सुरुवात मात्र गरेनन् , स्थानीय र जिल्लाका नेता कार्यकर्ता विच कुरा आदान प्रदान गर्ने, स्थानीय समस्या वुझ्ने र सर्वसाधारणलाई नेताहरु गाउंमा पनि पुग्छन् भन्ने संदेश दिने काम गरेका छन् । जिल्ला समितिको बैठक राख्दा भातृसंस्थाका कुरा समेत सुन्न सकिने र समस्या समाधान गर्नका लागि सहज हुने वुझाईले गाउंका कार्यक्रममा उनिहरुलाई समेत सहभागि गराइएको छ ।
त्यसमाथि अन्य पार्टीका जिल्ला बैठक गाउंमा भएका छैनन् । जिल्लाका प्राय सवै नेताहरु संगै बसेर स्थानीय समस्या सुनाउन अरु दलका कार्यकर्ताले पाएकै छैनन् । तर काँग्रेसका कार्यकर्ता र मतदाताले यो अवसर पाएकोमा बैग्लै खुसीको अनुभुति गरीरहेका छन् । यसको सम्बन्ध निर्वाचनमा जोडिन्छ । को आयो र गयो संगको कुराले मात्र यस अभियानको कुरा सकिदैन ।
अभियानमा कार्यकर्ता र मतदातामा देखिएको माहौल र पार्टी प्रवेशले स्थानिय निर्वाचनमा अव काँग्रेसले अगुवाई लिने कुरामा शंका छ्रैन् । त्यसमाथि केन्द्रीय समितिको भर्खरै सम्पन्न बैठकले सरकारमा रहेका दल संगको गठवन्धन गरेर निर्वाचनमा जाने कुराले अधिकांश स्थानमा सत्ता गठवन्धनको नेतृत्व आउने कुरा भईहाल्यो ।
सत्ता गठवन्धनले निर्वाचनको परीणाम आफ्ना पक्षमा पार्न सजिलो छ । तर त्यसका लागि गठवन्धन मिलाउन कठिन छ । एक भन्दा बढीको स्वर दिएर गीत गाउन कठिन हुन्छ भनेझै गठवन्धनमा जोडिने सवैको मत मिलाएर निर्णय गर्न नेताहरुले अवका दिन खर्चिनु पर्नेछ । सवैको मन मिल्यो भने ‘मत’ मिल्छ । नत्र गठवन्धनले केहि नहुन पनि सक्ने भएकाले सवैभन्दा राम्रो संगठन कसको छ, त्यहि दलको नेतृत्व स्वीकार्ने गरी कुरा मिलाउन सकेमा सवैको भलो हुनेछ । गठवन्धन गर्नका लागि बरु केहि दिन अघीदेखिनै काम थालौं त्यसको छायाँ मतमा उतार्न सकियोस । बाहिर गठवन्धन भित्र अर्कै हुन सक्ने भएकाले त्यसका लागि सचेत वनौं । अभियान सकिएको छैन । त्यसैले कार्यकर्ताहरुलाई अव काँग्रेसले आफ्ना कुरा राख्दा गठवन्धनको कुरा पनि राख्नुपर्छ । जो संग गठवन्धन भएपनि त्यसलाई स्वीकार्ने इमान्दार कार्यकर्ता र मतदाता वनाउनु पर्ने दायित्व पनि अव नेताहरुका काँधमा आइपरेको छ । गठवन्धन हुने अरु दलका कार्यकर्ताहरुले पनि सोहि कुरालाई लिएर गाउँ घुम्नुपर्छ । निर्वाचन सवैको घर दैलोमा आईसक्यो ।
तेश्रो भनेको उम्मेदवार उठाउने कुरा । निर्वाचनमा धेरै कुराले उम्मेदवारको टुंगो गरीन्छ । केन्द्रीय नेताहरु संगको सम्बन्ध, पैसा, गुट, आधार क्षेत्र, कुशलता, व्यक्तिगत स्वभाव, राजनीतिक र आर्थिक छवि, व्यवहार । यी र यस्तै कुरामा विचार गरेर सवै भन्दा उत्तम नेतालाई उम्मेदवार वनाउनु पर्ने हुन्छ । तर विगत यसो भन्दैन । सवैकुरालाई कुल्चेर माथिल्लो नेताहरु संगको सम्बन्ध र पैसाको आधारमा टिकट दिइएको पाइएको छ । जुन कुरा राम्रो होइन । तल्लो स्तरका मतदातामा चिनीएको, घुलमिल हुनसक्ने, राजनीतिक संस्कार भएको, आर्थिक दाग नलागेको , आफ्ना कार्यकर्ता विच घुलमिल हुन सक्ने , नागरीकको काम गर्न यस अघी योगदान गरेको लगाएतका आधारमा मात्र उम्मेदवार उठाउन सक्यो भने आफ्नाले मात्र हैन, अर्काेले पनि भोट हाल्ने र जित्ने आधार वन्छ । त्यस कुरामा नेतृत्वले अवश्य ध्यान केन्द्रीत गर्नेनै छ ।
क्याटेगोरी : राजनीति, विचार, समाचार
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस